बेनीमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी २ माघ ।IMG_4238(1) म्याग्दीको सदरमुकाम बेनीमा मंगलबारदेखि स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङका स्थानीय तहले सहभागिता जनाएका छन् ।

पुरुष भलिबलमा १०, महिला भलिबलमा ६ र बास्केटबलमा ६ वटा स्थानीय तहले सहभागीता जनाएका छन् । पहिलो दिन भएको पुरुष भलिबल प्रतियोगितामा मोदी गाउँपालीकाले अन्नपूर्ण र मंगला गाउँपालीकाले धौलागिरीलाई सोझो तिन सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । IMG_4242यसैगरी बेनी नगरपालीकाले रघुगंगा गाउँपालीकालाई सोझो तिन सेट आफ्नो पक्षमा पार्दै पराजित गरेको छ । महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता बुधबारदेखि सुरु हुने खेलकुद संयोजक सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

पुरुष भलिबलको बिजेतालाई ७७ हजार ७७७ , उपबिजेतालाई ४४ हजार ४४४ र अनुशाषीत टिमलाई तिन हजार रुपैया नगद पुरस्कारको व्यवस्था गरिएको छ । महिला भलिबलमा प्रथम हुनेलाई ४४ हजार ४४४, दितृय हुनेलाई २२ हजार २२२ र अनुशाषित टिमलाई दुई हजार रुपैया पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

पुरुष बास्केटबल प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३३३ र दितृय हुनेलाई २२ हजार २२२ रुपैया प्रदान गरिने भएको छ । नगद पुरस्कारका साथै मेडल, ट्रफि र प्रमाण पत्रको व्यवस्था छ ।