म्याग्दी महोत्सवमा दर्शकको ओईरो(फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १ माघ । DSC_0207बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक, ब्यापारीक तथा सांस्कृतीक मेलाको चौथो दिन सोमबार दर्शकको ओईरो लागेको छ ।

DSC_0041बेनीको खुल्ला मञ्चमा पुष २८ गते सुरु भएको महोत्सवमा सोमबार हालसम्मकै बढी दर्शकले अवलोकन गरेका मुख्य आयोजक म्याग्दी उद्योग वाणीज्य संघका पदाधीकारीले जनाएका छन् । पचास रुपैया दरका आठ हजारको हाराहारीमा टिकट बिक्री भएको संघका दितृय उपाध्यक्ष एवं टिकट व्यवस्थापन उपसमितिका संयोजक राजेश शाक्यले जानकारी दिनुभयो ।  DSC_0094

उहाँका अनुसार सोमबार दश हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । बिदा र माघे संक्रान्ति पर्व परेकाले म्याग्दीका साथै पर्वत, बागलुङ र पोखराबाट समेत दर्शकहरु आएका थिए । महोत्सव स्थल दर्शकले खचाखच भरिएका थिए भने स्टलहरुमा किनमेल गर्नेहरुको घुईचो लागेको थियो । DSC_0122

महोत्सव अन्तरगतको लोक दोहोरी गित प्रतियोगितामा सोमबार वुद्ध एकेडेमी र बानीया गहना पसल बीचको प्रतिस्पर्धामा बानिया गहना पसल बिजयी भएको छ । स्थानीय कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । उत्तेजक गित, उस्तै हाउभाउ र पोसाकका कारण चर्चा कमाएकी लोक गायीका तथा मोडल ज्योती मगरको प्रस्तुतीले साँझमा महोत्सवको माहोल तताएको थियो ।DSC_0130यसैगरी हाँस्य टेलीऋङखला भद्रगोलका कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमीरे (पाडे)को अभिनय, क्यारीकेचरले दर्शकलाई हँसाएको थियो । गजलकार समेत रहेका गायक थानेश्वर गौतमले गजल, सालैजो र फिल्मी गितमा दर्शकलाई नचाए भने परदेशीएका युवाको बेदना समेटीएको गित प्रस्तुत गरेर भावुक बनाए ।

म्याग्दीकै गायीका लाली बुढाथोकीले पञ्चेबाजा, सालैजो र दोहोरी गितमा दर्शकलाई नचाईन् । कलाकार समेत रहेकी टेलीभिजन कार्यक्रम प्रस्तोता शर्मीला त्रिपाठीको कार्यक्रम सञ्चालन गर्ने शैलीले दर्शकलाई लोभ्याएको थियो । DSC_0161

स्थानीय कलाकार प्रकाश दुतराजको पनी प्रस्तुती रहेको थियो । माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको प्रमुख आकर्षण स्थानीय तह स्तरीय पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुने खेलकुद संयोजक सुमन श्रेष्ठले बताउनुभयो ।DSC_0128महोत्सवमा स्थानीय उत्पादन, औद्योगीक, सवारी साधन, कृषि औजार, ब्यापारीक संगै विभिन्न सेवा, सन्देशमुलक, रेष्टुरेन्ट, फेन्सी लगायतसंग सम्बन्धित दुई सय वटा स्टल रहेका महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो । महोत्सवको डेढ करोड दर्शकले अवलोकन गर्ने र छ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

DSC_0192म्याग्दी जिल्लाको सम्भावनाको उजागर, कला र संस्कतीको संरक्षण, खेल प्रतिभाको पहिचान गराउने उद्देश्यले महोत्सव सञ्चालन गरिएको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । महोत्सवमा म्याग्दी जिल्लाको धार्मीक पर्यटकीय स्थलको वृत्तचित्र र तस्विरहरु समेत प्रर्दशनी गरिएको छ । बेनीदेखि लभहिलसम्म घोडा सफारी र जलेश्वरदेखि दोवील्नासम्म ¥याफ्टीङ सञ्चालन गरिएको छ ।
DSC_0204DSC_0205

 IMG_4194 (2) IMG_4189 (1)DSC_0041