ताजा समाचार:
Search

म्याग्दीका मगर र छन्त्याल समुदायले धुमधामका साथ माघे संक्रान्ति पर्व मनाए (फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दीं १ माघ ।  IMG_4140

म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायले सोमबार आफ्नो मुख्य चाड माघे संक्रान्ति धुमधाम र हर्षोउल्लासका साथ मनाएका छन् । माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा नेपाल मगर संघ र छन्त्याल संघले छुट्टाछुट्टै स्थानमा शुभाकामना आदानप्रदान कार्यक्रम गरेका थिए । मगर संघले बेनीमा जातीय बेषभुषा र झाँकी सहितको ¥याली तथा संघको सभाहलमा शुभकामदान आदानप्रदान कार्यक्रम गरेको थियो ।IMG_4139¥याली उनिहरुले जातीय पहिचान झल्कने भेषभुषा लगाएर परम्परागत गित तथा नृत्य प्रस्तुत गरेका थिए । मगर समुदायले माघे संक्रान्तिलाई हिउँद सकिएर बर्खा सुरु हुने भएकाले नयाँ वर्षको रुपमा मनाउँछन् । उनिहरुले माघ देखि असार सम्म बर्खा र साउन देखि पुष सम्म हिउँद ऋतुको रुपमा मान्ने चलन छ ।magar 9

माघे र साउन संक्रान्तीमा छोरी, चेली र भान्जा तथा आफन्तहरुलाई घरमा बोलाएर विभिन्न परिकार खुवाउने चलन रहेको नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले बताउनुभयो । IMG_4132

मगरका साथै म्याग्दीको कुईनेमंगले, गुर्जा, मल्कवाङ, मच्छिम, बेनी लगायतका ठाउँमा बसोबास गर्ने छन्त्याल समुदायले माघे संक्रान्तिलाई (छार म्हेम) पर्वको रुपमा मनाएका छन् । मगर र छन्त्याल समुदायले माघे संक्रान्तिलाई दसै तिहार भन्दा बढी महत्व दिन्छन् । एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीमा ४३ प्रतिशत मगर समुदायको बसोबास छ ।

magar 1

magar 4magar 6तस्विरहरु ठाकुरप्रसाद आचार्य/सन्तोष गौतम