म्याग्दी महोत्सव ः कालीगण्डकीमा ¥याफ्टीङ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
पुस ३० गते ।    DSC_0075  कालीगण्डकी नदीमा जलयात्राको संभावनाको खोजी गर्न बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सवको अवसरमा जलयात्रा सुरु गरिएको छ । कालीगण्डकी नदीमा जलपर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले जलयात्रा सुरु गरिएको हो । जलयात्राले महोत्सवमा आएका आन्तरिक पर्यटकलाई आकर्षीत गरेको छ ।

कालिगण्डकी नदीमा जलयात्राको संभावनाको खोजी र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यले महोत्सवमा जलयात्रा राखिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । महोत्सव अवधिभर छोटो दुरीमा सञ्चालित ¥याफ्टीङमा आन्तरिक पर्यटकहरुको आकर्षण बढेको छ । बेनी नगरपालिकाको जलेश्वरदेखि म्याग्दी र कालीण्डकीको संगमस्थल सम्म जलयात्रा सञ्चालन गरिएको छ । DSC_0089जलयात्रा गर्नेहरु बढ्दै गएको बताउँदै फोर हिमालय म्याजिक नेपाल प्रालीका देव रेग्मीले कालिगण्डकीमा जलयात्राको राम्रो संभावना भएको बताउनुभयो । जलयात्रामा अन्तरिक एवम् वाह्य पर्यटकलाई आकर्षीत गर्न सकिने उहाँले बताउनुभयो । DSC_0050पर्यटकले चाहने र स्थानीयस्तरबाट पहल भएमा बेनीदेखि मिर्मीसम्म कालीगण्डकीमा जलयात्रा गराउन सकिने उहाँले बताउनुभयो । बेनी देखि मिर्मीसम्मको प्रतिव्यक्ति आन्तरिक पर्यटकलाई १० हजार र विदेशी पर्यटकलाई १५ हजार रुपियाँ सम्म लाग्ने उहाँले बताउनुभयो । बेनी देखि मिर्मी सम्मको जलयात्रा निकै रोचक र रमाइले हुने रेग्मीले बताउनुभयो । DSC_0098प्रतिव्यक्ति सातसय रुपियाँ तिरेर शनिवार र आइतवार ४० जनाले जलयात्राको आनन्द लिएका थिए । म्याग्दी र मुस्ताङको भ्रमणमा आउने आन्तरिक र वाह्ै पर्यटकहरुलाई जलयात्रामा आकर्षीत गर्न सकिने म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । कालिगण्डकीमा जलयात्राको राम्रो संभावना भएकाले यसलाई प्रवद्र्धन गर्नका लागि महोत्सवमा जलयात्रा राखिएको उपाध्यक्ष शाक्यले बताउनुभयो । जलयात्रा गर्दा रमाइलो अनुभूति भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख श्यामप्रसाद रिजालले बताउनुभयो । DSC_0074कालीगण्डकीको बहाव, छाल र नदी किनारका दृष्य अवलोकनसँगै जलयात्रा गर्दा साहासीक एवं रोमाञ्चक अनुभुती भएको द्धितिय उपाध्यक्ष शाक्यले बताउनुभयो । महोत्सवको अवसर पारेर परिक्षणका लागि सञ्चालन गरिएको ¥याफ्टीङले जलपर्यटनको संभावना उजागर भएको उहाँको भनाई छ । बेनीदेखि ¥याफ्टीङ सुरु गराउन सकेमा जिल्लामा अझ बढी पर्यटक भित्र्याउन सकिने देखिएको उपाध्यक्ष शाक्यले बताउनुभयो । DSC_0051