ताजा समाचार:
Search

“धौलागिरी हिमालय क्षेत्रका जडिवुटीहरु” विषयक पुस्तक बिमोचन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २८ पुष । IMG_3830म्याग्दी र आसपासका जिल्लाहरुमा पाईने जडिवुटीको बारेमा अनुसन्धानमुलक पुस्तक प्रकाशन भएको छ । ईलाका वन कार्यालय बाबियाचौरका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले “धौलागिरी हिमालय क्षेत्रका जडिवुटीहरु” विषयक पुस्तक प्रकाशन गर्नुभएको हो । सापकोटाद्धारा लिखित उक्त अनुसन्धानमुलक

पुस्तकको छैठौ म्याग्दी महोत्सव उद्घाटनका क्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार बिमोचन गर्नुभयो ।
पुस्तकमा धौलागिरी क्षेत्रमा पाईने जडिवुटीहरुको बारेमा अनुसन्धानमुलक लेखहरु संग्रह गरिएको छ । म्याग्दीको आर्थिक विकासमा सम्भावना बोकेको जडिवुटी खेतीको विस्तार, विकास र प्रर्वद्धनका साथै खोज अनुसन्धानमा पुस्तक सहयोगी हुने लेखक सापकोटाले बताउनुभयो ।

पुस्तकको बिमोचनपछि पूर्व प्रधानमन्त्री प्रचण्डले म्याग्दीमा जडिवुटी खेतीको प्रशस्त सम्भावना रहेको बताउनुहुदै त्यसको विकास मार्फत आयआर्जन र जनताको जिवनस्तर सुधार गर्न ब्यवसायीक खेती र बजार प्रर्वद्धनमा जोड दिनुपर्ने बताउनुभयो ।