प्रचण्डद्धारा म्याग्दी महोत्सवको उद्घाटन (फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,पुस २८ गते ।

myagdi 4नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको राजनिति विकास, सम्बृद्धी, शान्ति र सुशासनको मुद्दामा केन्द्रित हुने बताउनु भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि बेनीमा सुरु भएको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको उद्घाटन गर्दै प्रचण्डले अबको राजनितिक विकास र आर्थिक सम्बृद्धी मार्फत जनताको जिबनस्तर उठाउने मुद्दामा केन्द्रित हुने बताउनुभयो ।

DSC_0005बामपन्थीको एकता र राजनितिक स्थिरताका लागि जनताको जनताको अभिमतलाई सहज रुपमा आत्मसात गर्न नेपाली काँग्रेसलाई आग्रह गर्दै प्रचण्डले जलविद्युत, पर्यटन, कृषि, जडिवुटी, उद्योग, ब्यापारको विकास र पूर्वाधार निर्माणमा निजी क्षेत्रसंग साझेदारी गरिने बताउनुभयो ।

myagdi 2म्याग्दीमा जलविद्युत, पर्यटन र जडिवुटीको विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिने प्रतिवद्धता जनाउँदै प्रचण्डले कोरला नाका खुलाउन कुटनितीक रुपमा प्राथमिकताका साथ चिन सरकारसंग छलफल भैरहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा एमाले र माओवादीबीच पार्टी एकताका लागि खाका तयार पार्ने काम भैरहेकाले छिट्टै मुर्त रुप लिने र अन्य कम्युनिष्ट घटकहरुलाई समेत समेट्न छलफल भैरहेको बताउनुभयो ।

महोत्सवको उद्घाटनका क्रममा प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य बिनोद केसी र नरदेवी पुनले कोरला नाका सञ्चालन गराउन, म्याग्दीलाई हिमाली र बिकट जिल्लामा सूचिकृत गर्नुपर्ने बताउदै प्रचण्डको ध्यानाकर्षण गराउनुभयो । myagdi 0राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले पहुँच नपुग्दा सम्भावना भएर पनी बर्षौदेखि पिछडीएको म्याग्दी विकासको मुल धारमा प्रवेश गरेको बताउँदै विकास निर्माणको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठले म्याग्दीको सम्भावनालाई ब्यवहारमा उतार्न अनुकुल नितीनियम र लगानीमैत्री वातावरणको आवश्यकता रहेको बताउनुभयो । DSC_0072कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ कृष्णप्रसाद अधिकारी, म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जिवनबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष तारानाथ शर्मा, मोनाका उपाध्यक्ष प्रेम रसाईली र पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामीछानेले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

DSC_0115म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता तथा स्वागत र महासचिव लिलाराम गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रमको बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले समापन गर्नुभएको थियो । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

DSC_0062दश दिनसम्म चल्ने महोत्सवमा दुई सय स्टल रहेका छन् । डेढ लाख पाहुना भित्र्याउने र छ करोडको कारोबार हुने अनुमान गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । महोत्सवको उद्घाटन पूर्व बेनी बजारमा विभिन्न जात जातीको झाँकी सहितको ¥याली निकालीएको थियो ।

DSC_0022महोत्सवमा म्याग्दीका धार्मीक, पर्यटकीय स्थल, कला, संस्कृती र जिवनशैली झल्काउने तस्विर तथा वृतचित्र समेत प्रर्दशनी गरिएको छ । स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, लोकदोहोरी गित प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी, रमाईलो मेला महोत्सवको आकर्षण रहने प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । पर्यटन प्रर्वद्धनका लागि कालीगण्डकीमा ¥याफ्टीङ र बेनी देखि लभहिलसम्म घोडा सफारी गराइने भएको छ ।myagdi 5