ताजा समाचार:
Search

अबको अर्जुन दृष्टि विकास र संमृद्धि – प्रचण्ड

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,पुस २८ गते ।

myagdi 0बेनीमा शुक्रबारदेखि छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो ।

प्रचण्डले नेपालमा राजनितिक स्थिरता कायम गरि विकास निर्माणलाई गति दिनु प्रमुख दायीत्व भएको बताउनुभयो । नेपाली काँग्रेसलाई जनताको अभिमतलाई सहज रुपमा आत्मसात गर्न आग्रह गर्दै प्रचण्डले अब बन्ने स्थिर सरकारले शान्ति, विकास, सम्बृद्धी, शुसासन मार्फत जनताको जिवनस्तर उकास्न प्राथमिकता दिने बताउनुभयो । myagdi 2“अबको अर्जुन दृष्टि विकास र सम्बृद्धी मार्फत जनताको जिवनस्तरमा सुधार ल्याउनुनै हो” अध्यक्ष प्रचण्डले भन्नुभयो “जलविद्युत, पर्यटन, कृषि, जडिवुटी, उद्योग, ब्यापारको विकास र पूर्वाधार निर्माणमा सार्वजनीक निकाय र निजी क्षेत्रलाई संगै लिएर अघि बढ्छौ ।”
उहाँले एमाले र माओवादी केन्द्रका नेताहरुले पार्टी एकताको खाका तयार पार्नेसंगै कुन जिल्लामा के सम्भावना छ, त्यसलाई परिचालन गरेर कसरी आर्थिक विकास गर्न सकिन्छ भनेर अध्ययन र छलफल गरिरहेको जानकारी गराउनुभयो ।

म्याग्दीमा जलविद्युत, पर्यटन र जडिवुटीको विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिने प्रतिवद्धता जनाउँदै प्रचण्डले कोरला नाका खुलाउन कुटनितीक रुपमा प्राथमिकताका साथ पहल भैरहेको बताउनुभयो । myagdi 4 प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य बिनोद केसी र नरदेवी पुनले कोरला नाका सञ्चालन गराउन, म्याग्दीलाई हिमाली र बिकट जिल्लामा सूचिकृत गर्नुपर्ने बताउदै प्रचण्डको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले पहुँच नपुग्दा सम्भावना भएर पनी बर्षौदेखि पिछडीएको म्याग्दी विकासको मुल धारमा प्रवेश गरेको बताउँदै विकास निर्माणको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष उत्तम कर्मचार्यले बताउनुभयो ।myagdi mahoshab udhgatanम्याग्दीलाई समेटेको कालीगण्डकी कोरीडोर सडक आयोजना, जलविद्युत आयोजना, पर्यटकीय मार्ग र कोरला नाका सञ्चालन गराउन महोत्सव मार्फत सकारात्मक सन्देश प्रवाह गराउने लक्ष्य छ । महोत्सवमा म्याग्दीका धार्मीक, पर्यटकीय स्थल, कला, संस्कृती र जिवनशैली झल्काउने तस्विर तथा वृतचित्र समेत प्रर्दशनी गरिएको छ ।

स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, लोकदोहोरी गित प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी, रमाईलो मेला महोत्सवको आकर्षण रहने प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

पर्यटन प्रर्वद्धनका लागि कालीगण्डकीमा ¥याफ्टीङ र बेनी देखि लभहिलसम्म घोडा सफारी गराइने भएको छ । महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । छ करोडको कारोबार हुने अनुमान गरिएको दितृय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

महोत्सव स्थलको सुरक्षाका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ । प्रहरीले महोत्सव लक्षित सुरक्षा योजना बनाएको छ । महोत्सवमा दुई सय ब्यापारीक स्टल रहेका छन् । अनुसार म्याग्दी जिल्लाको उत्पादनका स्टललाई निशूल्क प्रर्दशनीको व्यवस्था गरिएको संघका महासचिव लिलाराम गौतमले बताउनुभयो ।

कृषकहरुलाई ब्यवसायीक र प्रतिस्पर्धी बनाउन कृषि विकास कार्यालयसंगको सहकार्यमा कृषि मेला प्रर्दशनी समेत आयोजना गरिएको छ । महोत्सव उद्घाटन पुर्व बेनी बजारमा सांस्कृतीक विभिन्न जात जातीको झाँकी सहितको ¥याली निकालीएको थियो । दैनिक रुपमा उनिहरुको कला र संस्कृतीको प्रर्दशनी गर्ने व्यवस्था मिलाइएको छ ।