प्रभात आधारभुत विद्यालयको अभिभावक दिवस सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २८ पुष ।Pravat Pravi (1)म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरमा रहेको प्रभात आधारभुत विद्यालयको ४८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिक्षाको गुणस्तर, विद्यालयको भौतिक र वातावरणीय पक्षको सुधारका लागि प्राथमिकता दिइएको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर सुधारका लागि बालमैत्री र सिर्जनात्मक शिक्षण बिधी अपनाउन निर्देशन दिनुभयो ।  कार्यक्रममा मंगला माविका स्रोत व्यक्ति डेगबहादुर बानियाँले प्रबिधिको प्रयोग गरी शिक्षण सिकाई र शिक्षकहरुबीचको सहकार्यमा जोड दिनुभयो । बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खातीले विद्यालयको सुधारका लागि समुदाय र अभिभावकले पनी साथ दिनुपर्ने बताउनुभयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष दिर्घबहादुर खड्काको अध्यक्षता, शिक्षक गणेशबहादुर बानियाको सञ्चालन र गणेश गिरीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रअ भेषनाथ पौडेलले विद्यालयको गतिबिधि र भावी योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम अधिकारी, अभिभावक कर्ण गिरीले मन्तब्य गर्नुभएको थियो भने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।