करुणाको उपचारका लागि बहराईनबाट असी हजार सहयोग

विकल्प न्यूज/बेनी
पुस २६ गते ।

IMG_0036 (1)टाउकोमा क्यान्सर भएर थलीएकी म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामकी करुणाको उपचारका लागि बहराईनबाट बुधबार असी हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । 
परोपकारी संस्था ओमकुमारी शान्तिकोषले १५ विर्षया गर्बुजाको उपचारका लागि आर्थिक स्रोत जुटाउन सञ्चालन गरेको करुणा बचाउ अभियानमा दग्नाम बैदेशिक सहयोग समितिले उक्त सहयोग उपलब्ध गराएको हो ।

समितिका अध्यक्ष शुशिल गर्बुजा र सल्लाहकार लेसबहादुर बुद्धुजाले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । गर्बुजाको काठमाडौको क्यान्सर सेन्टर अस्पतालमा उपचार भैरहेको छ ।

घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण करुणाको उपचारका लागि सहयोग जुटाउन कोषले अभियान सञ्चालन गरेको छ । कोषका अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव लोकेश पुनमगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा गर्बुजा र बुद्धुजालाई स्वागत समेत गरिएको थियो ।