ताजा समाचार:
Search

मोहनी लगाउने जलजलाको सौन्दर्य

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी २३ पुष ।

??????????????

प्राकृतिक सौन्दर्य र जैविक बिबिधतायुक्त म्याग्दीको धौलागिरी गाउँपालिका २ लुलाङमा रहेको जलजलाको लेक ओझेलमा परेको छ । पुर्वाधार र प्रचारप्रसारको अभावका कारण जलजला ओझेलमा परेको हो ।

समुन्द्री सहतदेखि तीन हजार चार सय १० मिटरको उचाईमा समथर भुभागमा अवस्थित जलजलाको लेकबाट धौलागिरी, चुरेन, गुर्जा, अन्नपूर्ण लगायतका १२ भन्दा बढी हिमशृङखलाको नजिकबाट अवलोकन गर्न सकिन्छ । सुर्योदय र सुर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न पाउन जलजलाको अर्को आकर्षण भएको पर्यटन ब्यवसायी राजकुमार थापाले बताए ।

“उच्च स्थानको समथर पाटनको पृष्ठ भुमिमा लहरै हिमचुचुराको दृष्य अवलोकन गर्दा भुस्वर्गमा पुगेजस्तो अनुभव भयो” यसै हप्ता जलजला पुगेर फर्कीएका गाउँ पर्यटन केन्द्रका पूर्व महासचिव थापाले भने “प्राकृतिक हिसावले सुन्दर र रमथर भुगोलनै जलजलाको बिशेषता हो ।”

??????????????

यो क्षेत्रमा ५० भन्दा बढी प्रजातीका जडिवुटी तथा हिमाली वनपैदावारका साथै एक दर्जन प्रजातीका लालीगुराँस पाईन्छन् । ढोरपाटन शिकार आरक्षको नजिकै पर्ने जलजला गुरील्ला पदमार्गमा पर्छ । बास बस्ने होटल, व्यवस्थित पदमार्ग, सञ्चार सुबिधाका साथै जलजलाको सौन्दर्यता, ऐतिहाँसीक र जैवीक बिबिधताको बारेमा प्रचारप्रसार नभएकाले पर्यटक भित्रन नसकेको लुलाङका बासिन्दा नन्दु पुनले बताए ।

हिउँदमा चिसो हुने भएकाले सो स्थान सुनसान जस्तै हुने गर्छ । बर्खा याममा म्याग्दीको धौलागिरी, बागलुङको तमानखोला गाउँपालीका र ढोरपाटन नगरपालीकाका कृषकहरुले भेडा, बाख्रा, गाई, भैसी, घोडाको गोठ लिएर जलजलामा पुग्छन् ।

जलजला लगायत पश्चिम नेपालका द्धन्द्ध प्रभावित क्षेत्रलाई समेटेर वि.स २०६९ मा म्याग्दीको दरवाङदेखि बागलुङ र रुकुम हुँदै रोल्पाको सुलीचौर सम्म जोड्ने गुरील्ला पदमार्ग सञ्चालन भएको थियो ।
दश देखि पन्ध्र दिनमा पुरा गर्न सकिने यो पदमार्ग एकान्त वातावरण र नयाँ ठाउँ घुम्ने रुची भएका पर्यटकहरुका लागि उपयुक्त गन्तब्य भएको गुरील्ला पदमार्गका अभियन्ता सुरेन्द्र राना मगरले बताए ।

hnhnfaf6 b]lvPsf] r'/]g lxdfn u'/LNnf kbdfu{cGtu{t DofUbLsf] wf}nflul/ ufpFkflnsf– @ df kg]{ hnhnfaf6 b]lvPsf] r'/]g lxdfn . tl:a/ M ;Gtf]if uf}td, DofUbL, /f;;

“जनयुद्धमा माओवादीका लडाकु र नेता कार्यकर्ताले आवत जावत गर्न प्रयोग गरेको बाटोलाई पदमार्गको रुपमा विकास गरिएकाले यसको ऐतिहाँसीक महत्व छ” रानाले भने “यो पदमार्गलाई जनयुद्धको सकारात्मक उपलब्धिको रुपमा लिन सकिन्छ । पदमार्गको माध्यमबाट दन्द्ध प्रभावीत बस्तीको विकास र समुदायको आयआर्जनमा सघाउने उद्देश्य हो ।” 

Dhaulagiri (1)म्याग्दीको लुलाङ र बागलुङको ढोरपाटनदेखि करिब चार घण्टा पैदल हिडेपछि जलजला पुग्न सकिन्छ । व्यवस्थित पदमार्ग निर्माण, पदचिन्ह, पर्यटकको सुबिधाका लागि होमस्टे, लज सञ्चालन, स्थानीयबासीमा पर्यटन शिक्षा र सुरक्षाको व्यवस्था मिलाउन सकेमा जलजलालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने म्याग्दी उद्योग वाणिज्य संघका दितृय उपाध्यक्ष राजेश शाक्यले बताए ।