ताजा समाचार:
Search

बेनी अस्पतालमा पूर्वाधार थपिँदै

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २५ पुष ।

IMG_3611म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा पूर्वाधार विस्तारले तिब्रता पाएको छ ।  दुई वर्षअघि ५० शैया क्षमतामा स्तरवृद्धि भएको अस्पतालमा सोही अनुसार भौतिक पूर्वाधार निर्माण हुन थालेको हो । ५० शैया क्षमताको अस्पताल भवनसंगै डाक्टर र नर्सको आवास भवन निर्माण कार्य सुरु भएको छ ।

अस्पताल परिसरमा निर्माण हुन लागेको डाक्टर र नर्स आवास गृह भवनको मंगलबार अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र जिल्ला स्वास्थ्य प्रमुख बरिष्ठ चिकित्सक डाक्टर रोशन न्यौपानेले शिलन्यास गर्नुभयो ।

अस्पतालका डाक्टर र नर्सको लागि चारचार परिवार क्षमत्ताको भवन निर्माण हुन लागेको हो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत बनाउन लागेको भवन २०७५ असोज ५ गते सम्पन्न गर्ने लक्ष्य छ । IMG_3609दुवै भवन निर्माणका लागी महादेवनाना जेभीले ठेक्का पाएको छ । डाक्टर आवास भवनको एक करोड २८ लाख ७७ हजार ८८९ र नर्स भवनको ८४ लाख ४० हजार ८८९ रुपैयामा ठेक्का सम्झौता भएको छ । सम्झौता अवधिभित्रै भवन निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि कृष्णकुमार शेरचनले बताउनुभयो ।

यस अघि गत मंसिरमा ५० शैया क्षमत्ताको भवन निर्माण सुरु भएको थियो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने ४ तले भवन बनाउन महादेव खिम्ती ज्वाला सफीना जेभीले १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयामा ठेक्का सम्झौता गरेको छ ।

२०७६ मंसिर २० गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । भुकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्री समेत हुनेछ । १५ शैया क्षमत्ताको अस्पताल २०७२ मा पचास शैयामा स्तरउन्नती भएको थियो ।

IMG_3622५० शैयामा स्तरउन्नती भएपछि अस्पतालमा भवन निर्माण, जनशक्ति र उपकरणको व्यवस्थापनको काम भैरहेको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेले बताउनुभयो । नयाँ भवन निर्माण भएपछि क्षमत्ता अनुसारको प्रभावकारी सेवा प्रवाह गर्न सहज हुने चिकित्सक न्यौपानेले बताउनुभयो ।

नयाँ भवन बनाउन पुरानो भवन भत्काइएकाले सेवा सञ्चालनका लागि अस्थाई भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।