ताजा समाचार:
Search

म्याग्दीको बेगखोलामा पुलबाट खसेर दुई जना मजदुरको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, २४ पुस ।

Long pulम्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका निर्माणधिन झोलुङ्गे पुलबाट खसेर सोमबार दुई जना मजदुरको मृत्यु भएको छ ।
साँझ पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लीएर कैलालीको मोहनाल घर भएका धनबहादुर खत्री र पुरन थापा खसेका थिए । पुलबाट खसेका दुबै जनाको सब सोही निर्माणधिन पुलको खोचमा फेला परेको घटनास्थलबाट नेपाल रेडक्रस सोसाईटी बेगखोला उपशाखाका सभापती पूर्ण परियारले बताउनुभयो ।

निर्माणधिन पुलको तल व्यास हालेपनि दायाँ र बायाँतर्फ तार लगाउने काम नसकिएको र सोही तार नभएको ठाउँमा झुक्कीएर दुई जना खसेको पुलमा कार्यरत अन्य कामदारहरुले बताएका छन् । अहिले घटना स्थलतर्फ प्रहरीको टोली खटाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
३ सय ६५ दशमल ८० मिटर लामो उक्त नेपालकै लामो झोलुङ्गे पुलको अग्लाई करिब १५० मिटर रहेको छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको समयमा दुखद दुर्घटना भएको हो । घटना लगत्तै वडा अध्यक्ष बिल फगामी लगायत स्थानीयबासीको टोली घटनास्थलमा पुगेर सबको खोजीमा लागेका थिए ।