धौलागिरि गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक काराेवार ठप्प

सन्तोष गौतम l विकल्प न्युज
बेनी २४ पुष ।Dhaulageri Gaupalikaम्याग्दीको धौलागिरी गाउँपालीकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प भएको छ ।
म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धौलागिरी गाउँपालीकाको कार्यालय करिब दुई महिनादेखि लेखापाल बिहीन भएको छ । लेखापाल नहुँदा गाउँपालीकाद्धारा सञ्चालीत विभिन्न उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकीएको छ ।

कर्मचारीहरुलाई तलब खुवाउन समस्या भएको छ । धौलागिरी गाउँपालीकामा कार्यरत लेखापाल गुणराज रिजालको पर्वतको जलजला गाउँपालीकामा केही समयअघि सरुवा भएको थियो । रिजालको सरुवा भएपछि अर्का लेखापाल नआएकाले समस्या भएको गाउँपालीकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

“महालेखा नियन्त्रकको कार्यालयले बेनी अस्पतालका लेखापाललाई सरुवा गरेको छ तर उहाँ दुर्गमको कारण देखाउदै अहिलेसम्म आउनुभएन्” अध्यक्ष पुनले भन्नुभयो “सम्झौता भएका योजनाका उपभोक्ता समितिलाई पेश्कि र काम सकेका योजनाको भुक्तानी देखि कर्मचारीलाई तलब खुवाउने लगायत सबै आर्थिक कारोबार ठप्प भएको छ ।”

प्रजिअ कृष्णप्रसाद अधिकारीले कोष तथा लेखा नियन्त्रकको कार्यालयसंग समन्वय गरेर गाउँपालीकामा लेखापाल खटाउन पहल गर्ने बताउनुभयो । म्याग्दीका सदरमुकाम स्थित कार्यालयका कर्मचारीहरु काम नपाएर घाप तापेर दिन बिताईरहेका छन भने स्थानीय तहमा कर्मचारी नभएर सेवा प्रवाह प्रभावीत बनेको छ ।

बिशेष गरेर वडा सचिव, कम्प्युटर अपरेटर, ईञ्जिनियर, सब ईञ्जिनियर, लेखापाल पदका कर्मचारीको अभाव भएको हो । कतिपय लेखापालले दुई वटा कार्यालयको जिम्मेवारी सम्हालेका छन् । साविककै दरबन्दि अनुसार पदपुर्ती हुन नसकेको र दुर्गमका स्थानीय तहमा कर्मचारी जान नमानेका कारण समस्या भएको हो ।