ताजा समाचार:
Search

खबरामा निर्माण भएको लिफ्ट सिँचाई आयोजना उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज
खबरा २३ पुष ।

liftबेनी नगरपालिका २ खबरामा निर्माण भएको पिपलडाँडा लिफ्ट सिँचाई आयोजनाको आईतबार उद्घाटन गरिएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले हाँडेभिरको म्याग्दी नदि किनारबाट विद्युतीय पम्पको प्रयोग गरेर खबरामा सिचाईका लागि पानी आपुर्ती गराउन निर्माण गरेको आयोजनाको प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभयो ।

आयोजनाको उद्घाटन गर्नुहुदै सांसद थापाले नेपाललाई सम्बृद्ध बनाउन कृषिमा आत्मनिर्भर हुन उत्पादन बढाउनुपर्ने बताउनुभयो । उहाँले उत्पादन वृद्धी, लागत घटाउन र बजार प्रतिस्पर्धाका लागि कृषिलाई यान्त्रीकरण गर्नुपर्ने बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले आयोजनाको बारेमा जानकारी गराउँदै हालसम्म १८ लाख रुपैयाँ लगानी भएको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट दश लाख रुपैया अनुदान प्राप्त भएको थियो ।

कृषकहरुले चार लाख सात हजार रुपैया ऋण र चार लाख रुपैया श्रमदान जुटाएर लभ्लिीहिलसम्म पु¥याएको पानी अर्को चरणमा दारिम्बोट सम्म विस्तार गरेपछी योजना सम्पन्न हुने भएकाले अध्यक्ष कार्कीले सहयोगका लागि आग्रह गर्नुभयो ।

बेनी बजार नजिकैको हाँडेभिरमा म्याग्दी नदी किनारमा दश मिटर गहिरो ईनार खरेर त्यसभित्र राखिएको विद्युतको सहायताले चल्ने समसिवल पम्पले २५० मिटर उचाई र ५०० मिटर दुरीको लभ्लिहिलमा पानी पु¥याइएको हो ।

आयोजना सञ्चालनका लागि मोवाईल एप्स प्रबिधिको प्रयोग गरिएको छ । तरकारी र केरा खेतीका लागि पकेट क्षेत्रको रुपमा रहेको खबरामा सिचाईको सुबिधा उपलब्ध गराउन गत फागुनदेखि आयोजना निर्माण सुरु भएको थियो ।

६० घरधुरी कृषकले ६५ दिनका दरले ईनार खन्ने, पुर्ने, पाईपलाईन खन्ने लगायतका कामका लागि श्रमदान गरेका थिए । प्रतिघण्टा दश हजार लिटर पानी तान्न सक्ने बिस हर्स पावर क्षमत्ताको पम्प जडान गरिएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, बेनपाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, वडा अध्यक्ष हिराबहादुर थापा, भुसंरक्षण अधिकृत दिवाकर पौडेल, नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, म्याग्दीकाली तरकारी बल्क आयोजनाका अध्यक्ष मुक्तिबहादुर खड्का, प्राबिधिक कृष्ण खत्रीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

राधाकृष्ण सहकारी संस्थाका अध्यक्ष भद्रबहादर कार्कीको अध्यक्षता र तेजेन्द्र कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा बेनपाका उपमेयर बरुवालले आफ्नी छोरीको जन्मदिनको अवसरमा पाँच हजार ५५५ रुपैयाँ आयोजनाको उपभोक्ता समितिलाई सहयोग उपलब्ध गराउनु भएको थियो ।