मंगलामा सुधारीएको चूल्हो तालीम सुरु

विकल्प न्यूज/बेनी
पुस २२ गते ।

मंगला गाउँपालीकाको केन्द्र बाबियाचौरमा शनिबारदेखि सुधारीएको चुल्हो प्रर्वद्धक तालीम सुरु भएको छ । मंगला गाउँपालीका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा छ दिनसम्म सञ्चालन हुने तालीममा मंगला, मालीका र रघुगंगा गाउँपालीकाका २० जनाको सहभागीता रहेको छ ।

तालीममा गाउँपालीकाका उपाध्यक्ष सिर्जना केसीले उद्घाटन गर्नुभएको थियो भने सञ्चालन वास सहजकर्ता गोविन्द पौडेलले गर्नुभएको थियो । तालीमको सुधारीएको चुल्हो प्राबिधिक टकमाया थजाली र मानसिङ सापकोटाले सहजिकरण गर्नुहुने जनाएको छ ।