ताजा समाचार:
Search

अपाङ्गता परिचयपत्र वितरणका लागि पोखरेबगरमा घुम्ती शिवीर सुरु

विकल्प न्यूज/बेनी
बेनी २१ पुष ।

Annapurna Gaupalika Ko Officeम्याग्दीको अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ती शिवीर सुरु भएको छ । अन्नपूर्ण गाउँपालीकाको आयोजनामा सुरु भएको शिवीर दुई दिनसम्म चल्नेछ् । पहिलो दिन ६० जनालाई परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले जानकारी दिनुभयो ।

शिवीरको गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभयो । गाउँपालीकाका अपाङ्गता भएका नागरीकलाई स्थानीय स्तरमै सहज रुपमा परिचयपत्र वितरण गर्न शिवीरको आयोजना गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

शिवीरमा गाउँपालीकाको ८ वटै वडाबाट परिचय पत्र बनाउनका लागि अपाङ्गता भएका नागरीकहरु आएका छन् । महिला तथा बालबालीकाको कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको प्राबिधिक सहयोगमा शिवीर सञ्चालन गरिएको हो ।