नरप्रसादको पीडा ः मजदुरी गर्दा आँखा र हात गुम्यो, क्यान्सरले श्रीमतीको लग्यो

विकल्प न्यूज/बेनी

पुस २१ ग्ते ।
सन्तोष गौतम
बेनी २१ पुष ।IMG_3489 मजदुरी गर्ने क्रममा आँखाको ज्योती र एउटा हात गुमाएका म्याग्दीका एक व्यक्तिले आर्थिक अभावका कारण उपचार गर्न सकेका छैनन् । बेनी नगरपालीका २ भकुण्डेका ५९ वर्षिय नरप्रसाद सुनार उपचार गर्ने पैसा नभएर पिडादायी जिवन जिउन बाध्य हुनुभएको हो । वि.स २०६५ चैत ३ गते बागलुङमा रहेको विश्वकर्मा माविको भवन निर्माणका लागि बिस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउने क्रममा छर्राले लागेर सुनारको दुवै आँखाको ज्योती र देवे्र हातको कुहिना देखिको तलको भाग गुमेको थियो ।
ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आउनुभएका सुनारको दुर्घटनापछि श्रवणशक्ति समेत गुमेको छ । बस्ने घर बाहेक उहाँको अचल सम्पत्ती केही छैन् । आर्थिक अभावमा नौ वर्षसम्म उपचार गर्न नसकेको बताउनुभयो ।

नेपालका विभिन्न अस्पताल र भारतको सि.बी प्रसाद अस्पतालमा उपचार गराउने क्रममा हालसम्म पाँच लाख रुपैया खर्च भैसकेको उहाँका छोरा जिवनले बताउनुभयो । भवन निर्माण समितिले आपतकालीन उपचारका लागि मात्र सहयोग गरेको थियो ।

हालै काठमाडौको दृष्टि आई केयरमा परिक्षण गराउँदा एउटा आँखाको उपचार सम्भव रहेको चिकित्कले बताएपछि सहयोगको खोजीमा जुटेको सुनारले बताउनुभयो । तिन पटक शल्यक्रिया गर्नुपर्ने र पहिलो पटक अप्रेशन गर्दा डेढ लाख रुपैया आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

सुनारकी श्रीमती सिलादेवीको दुई वर्षअघि क्यान्सर रोगबाट निधन भएको थियो । सुनारका जेठा छोरा बिनोदसिङ रोजगारीका लागि मलेसीयामा गएका छन् । कान्छा अमरले बाबुको हेरचाह गरेर बसेका छन् । “दाजुले बिदेशबाट पठाएको पैसाले बुवाको उपचार र घरखर्च चलाउनै ठिक्क छ” अमरले भन्नुभयो “मैले बुवाको हेरचाह र स्याहार गरेर बसेको छु ।”

IMG_3492दुर्घटनामा पर्नुअघि उहाँले डकर्मीका साथै रेडियो, घडी मर्मत र मुर्ती बनाउने गर्नुहुन्थ्यो । “एउटा भएपनी आँखा देख्न पाए सकेको काम गरेर परिवार पाल्ने थिए” सुनारले भन्नुभयो । सुनारको उपचारका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सहयोग संकलन अभियान सुरु गरेको छ ।

यसअघि आँखाको परिक्षण गराउनका लागि अस्पताल जान पच्चिस हजार रुपैया सहयोग गरिसकेको थियो । कोषका उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा शुक्रबार समिति गठन गरेर अभियान सुरु गरेको अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

अध्यक्ष शाक्यले व्यक्तिगत रुपमा पाँच हजार र कोषाध्यक्ष खम थापाले एक हजार रुपैया अभियानलाई सहयोग गर्नुभएको छ । चिकित्सकले आर्थिक स्रोत जुटाउन सकेमा सुनारको उपचार सम्भव भएको जनाएकाले सहयोगका लागि अपिल गरिएको शाक्यले बताउनुभयो ।