बरंजामा पुर्व विद्यार्थीद्धारा चार कोठे भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ पुष । 26167093_1665576246798392_3144888732322757149_nम्याग्दीको मंगला गाउँपालिका ३ मा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले व्यक्तिगत लगानीमा कक्षा कोठा भवन निर्माण गर्नुभएको छ ।

हाल हङकङमा बस्दै आउनुभएका पूर्व विद्यार्थी ईन्जिनियर हर्कमान घर्तीले ११ लाख रुपैयाँको लगानीमा चार कोठे पक्कि कक्षा कोठा भवन निर्माण गर्नुभएको हो । विद्यालयको ५९ औ स्थापना तथा अभिभावक दिवसको अवसर पारेर बुधबार घर्तीले सो भवनको उद्घाटन गर्नुभयो ।
ग्रामिण क्षेत्रका बालबालिकाले पूर्वाधार अभावमा असुबिधा भोग्न नपरोस र सुबिधा युक्त भवनमा बसेर पढ्न पाउन भनेर भवन बनाउन सहयोग गरेको घर्तीले बताउनुभयो । घर्तीले विद्यालयमा कम्प्युटर र पुस्तकालय सञ्चालनका लागि पनी सहयोग गर्नुभएको छ ।

यसैगरी पूर्व प्रअ भानुभक्त ढकालले भवनमा थप अर्को एक कोठा निर्माण गर्न तिन लाख रुपैया सहयोग गर्नुभएको छ । विद्यालयलाई भवन, खेलमैदान लगायत पूर्वाधार निर्माणका लागि स्थानीय हिराप्रसाद तुलाचनको परिवारले आठ लाख पचास हजार रुपैया मूल्य बराबरको करिब सात रोपनी जग्गा खरिद गरेर उपलब्ध गराउनु भएको थियो ।

कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा ५३४ जना विद्यार्थी अध्ययनरत छन् । २०६५ देखि सुरु भएको कक्षा ११ र १२ मा ११३ जना विद्यार्थी अध्ययनरत छन् । ११, १२ कक्षामा व्यवस्थापन र शिक्षा संकायको पठनपाठन सञ्चालन हुने गरेको छ ।

वार्षिक उत्सवमा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षण बिधीमा परिवर्तन र सिकाई उपलब्धिलाई जोड दिनुपर्ने बताउनुभयो । अध्यक्ष रोकाले गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको दरबन्दि मिलान, शैक्षिक, भौतिक र प्रशासनीक सुधारमा प्राथमिकता दिएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर रोकाको अध्यक्षता, शिक्षक डम्मरप्रसाद सुवेदीको सञ्चालन र शिक्षिका शुशिला रोकाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रअ कृष्णलाल सापकोटाले विद्यालयको शैक्षिक प्रीतवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा स्रोत व्यक्ति डेगबहादुर बानियाँ, पुर्व शिक्षक जितबहादुर रोका, जंगगंग अक्षयकोषका संयोजक तथा ३ नम्बर वडाका अध्यक्ष कबिन्द्र रोका, अभिभावक कलाधर कडेल र विद्यार्थी दिपा सापकोटाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

चन्दादाता यामबहादुर रोका, जितबहादुर रोका, शशीधर कडेल, केशव कडेल, दिर्घसेवी शिक्षक नरीश्वर सापकोटा, पूर्व खेलाडी किसान खड्का र रुपा रोकालाई सम्मान गरिएको थियो । वार्षिक उत्सवको अवसरमा अभिभावकहरुबीच खेलकुद प्रतियोगिता गरिएको थियो । विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।