अन्नपूर्ण गाउँपालिकामा माओवादी केन्द्रको नयाँ कमिटी

विकल्प न्यूज/बेनी

पुस १८ गते ।

annapurna gaupalika
नेकपा माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालीकाको दोस्रो सम्मेलन मंगलबार पोखरेबगरमा सम्पन्न भएको छ ।
सम्मेलनले बागबिर पाईजाको अध्यक्षतामा २५ सदस्यीय गाउँपालीका कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा पूर्ण पाईजा, सचिवमा प्रदिप पुन, कोषाध्यक्षमा थमबहादुर बराईली र सहसचिवमा नानुमाया बरुवाल रहनुभएको छ ।

सम्मेलनमा नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले जनमतको सम्मान गरेर काँग्रेसले सहज रुपमा सत्ता हस्तान्तरण गर्नुपर्नेमा विभिन्न बखेडा झिकेर सत्ताको आयु लम्बाउन खोजेको र बामगठबन्धनलाई फुटाउने प्रयास भएपनि त्यो सफल नहुने बताउनुभयो ।

एमाले र माओवादीको एकताको लागि केन्द्रिय स्तरमा खाका तयार पार्ने काम भैरहेको बताउँदै उहाँले स्थीर सरकार बनाएर देशलाई विकास र सम्बृद्धीको दिशामा अघि बढाएर जनतासंग गरेको प्रतिवद्धता पुरा गर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य बिनोद केसीले अन्नपूर्ण गाउँपालीकाको पूर्वाधार, पर्यटन, शिक्षा, कृषि, स्वास्थ्य, जलस्रोतको विकासमा आफ्नो ठाउँबाट सक्रिय भुमिका निर्वाह गर्ने बताउनुभयो । बागबिर पाईजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेनी नगर कमिटि अध्यक्ष शेरबहादुर केसीले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।