मालीका गाउँपालिकाले सडक र घरको मापदण्ड तोक्यो

सन्तोष गौतम/विकल्प न्यूज
पुस १८ गते ।

malika gaupalika
म्याग्दीको मालीका गाउँपालीकाले सडक र घरको मापदण्ड कायम गरेको छ । गाउँ कार्यपालीकाको हालै बसेको बैठकले गाउँपालीका क्षेत्रका सडक, घर र भवनको मापदण्ड तोकेको हो ।

बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ लागु गर्ने निर्णय भएपछि नयाँ घर निर्माणको नक्सा पास र सडकको मापदण्ड कायम गरिएको प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालीकाको सडक न्युनतम छ मिटर फराकीलो हुने भएको छ । बजार क्षेत्रमा ब्यापारीक भवन निर्माण गर्दा सडकलाई दुई र आवासीय भवन बनाउँदा डेढ मिटर छाड्नुपर्नेछ ।
यसैगरी दरवाङ बजारको फोहोर ब्यवस्थापन गर्न गाउँपालीकाले ट्याक्टर खरिद गर्ने भएको छ । ट्याक्टर खरिद र बजारमा सहरी सुरक्षाका लागि सडक वत्ती जडान गर्न ४६ लाख रुपैया बिनियोजन भएको छ । बजेट संसोधन गरेर कृषि र पशु विकास सम्बन्धि कार्यक्रमलाई समावेश गरेको छ ।

गत असारमा सम्बन्धित विषयगत कार्यालयसंग समन्वय नहुँदा योजना, निती तथा कार्यक्रम र बजेटमा कृषि र पशु सेवाको क्षेत्रमा बजेट बिनियोजन हुन सकेको थिएन् । हालै बसेको गाउँ कार्यपालीकाको बैठकले अन्य शिर्षक र जगेडा बजेट मार्फत कृषि र पशु सेवा सम्बन्धि कार्यक्रमलाई समेटिएको गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।
सम्बन्धित मन्त्रालयको राष्ट्रिय कार्यक्रम संग आवद्ध हुने गरी वडा संग समन्वय गरेर कार्यक्रम कार्यान्वयन गरिने भएको छ । कृषिका लागि ३२ लाख र पशुसेवालाई १७ लाख ५० हजार रुपैया बजेट बिनियोजन गरिएको अध्यक्ष रोकाले बताउनुभयो ।

आकस्मीक सडक मर्मतका लागि भनेर राखिएको बजेट चुडेर कृषि र पशुका कार्यक्रमलाई बिनियोजन गरिएको हो । गाउँपालीकाको कृषि र पशु सेवा शाखाले वडा कार्यालयसंग समन्वय गरेर योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने उहाँले बताउनुभयो ।

यसअघि मंगला र धौलागिरी गाउँपालीकाको कार्यपालीका बैठकले कृषि र पशु विकास सम्बन्धि कार्यक्रमलाई वार्षिक बजेटमा समेटिसकेका छन् । बेनी नगरपालीका, अन्नपूर्ण र रघुगंगा गाउँपालीकाले कृषि र पशु सेवाका योजना तथा कार्यक्रमलाई समावेश गर्न अझै वास्ता नगरेको कृषकहरुले गुनासो गरेका छन् ।

मालीका गाउँपालीकामा स्थानीय प्राकृतिक स्रोत साधनको परिचालन गरी रोजगारी सिर्जना र आयआर्जन वृद्धीको लागि लद्युउद्यम विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । लद्युउद्यम विकास रणनिती तयार पार्ने काम अन्तिम चरणमा पुगेको गाउँपालीकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुयभो । परामर्शदाताले यसै हप्ताभित्र रणनिती तयार गरेर गाउँपालीकालाई उपलब्ध गराउने उहाँले बताउनुभयो । –––