सडक खन्दा नहर पुरीएपछि कस्केरीमा सिँचाईको समस्या

विकल्प न्यूज/बेनी
पुस १७ गते ।

mangala gaupalikaम्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरको कस्केरीमा मोटरबाटो खन्दा नहर पुरीएपछि सिँचाईका लागि समस्या भएको छ । बेनी दरवाङ सडकखण्डको कस्केरी खण्डदेखि नेवारेखोला कुहुँ हुदै जोड्ने सडक निर्माणका क्रममा नेवारेखोला सिँचाई आयोजनाको नहर पुरीएको थियो । गत बर्ष सडक निर्माणका क्रममा नहर पुरीएपछि कस्केरीको फाँटमा सिँचाईको समस्या भएको हो ।

यसघिका वर्षमा बाह्ै महिना नियमित सिँचाई सुबिधा उपलब्ध रहेको कस्केरीमा यस वर्ष सिँचाई नहुँदा हिउँदेबाली लगाएका कृषकहरु समस्यामा परेका छन् । पाखोमा सडक खनेपछि करिब दुई सय मिटर नहर पुरीएको छ ।

Kaskari Irrigationबर्खामा नहर पुरीएको ठाउँमा पाईप हालेर धान खेती गरेका थिए । आर्थिक अभावमा नहर मर्मतमा समस्या भएको हो । कस्केरीको करिब चार सय रोपनी खेतीयोग्य जमिनमा सिचाईको समस्या देखिएको कृषकहरुले गुनासो गरेका छन् ।

सरोकारवाला निकायले नहर मर्मतमा वेवास्ता गरेपछि स्थानीयबासी आफै अग्रसर भएका छन् । कस्केरीमा खेत भएका सर्वसाधारणहरुले श्रमदान गरेर पुरीएको नहर मर्मत गरेका हुन् ।
मर्मत गरिएपनि पहिले पक्की नहरको जस्तो पानी आपुर्ती हुन नसकेको स्थानीय कृषकले गुनासो गरेका छन् । कस्केरीको पहिरोका कारण गत बर्खामा बेनी दरवाङ सडक समेत केही दिन अवरुद्ध बनेको थियो ।