निशूल्क आँखा र स्वास्थ्य शिवीरबाट साढे पन्ध्रसय जना लाभान्वित

सन्तोष गौतम /विकल्प न्यूज
दरवाङ ११ पुस ।

IMG_2658म्याग्दीको मालीका गाउँपालीका ६ दरवाङमा मंगलबार सम्पन्न निशूल्क आँखा र बृहत स्वास्थ्य शिवीरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन् ।

हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्राबिधिक सहयोगमा दरवाङ स्थित लायन्स र लियो क्लबको आयोजनामा तिन दिनसम्म शिवीर सञ्चालन भएको थियो ।

शिवीर सञ्चालनका लागि बेनपा १ रत्नेचौर घर भई हाल मलेसीयामा ब्यवसाय गर्नुहुने दिपक बोगटीले दिवंगत बुवा ओमबहादुर र भाई लोकेश बोगटीको स्मृतीमा आर्थिक सहयोग गर्नुभएको थियो ।
आँखा सम्बन्धि ७०२ र अन्य स्वास्थ्य समस्या भएका ८५७ जनाले सेवा लिएका लायन्स कल्व अफ दरवाङ म्याग्दीका अध्यक्ष याममती रोकाले जानकारी दिनुभयो । दुर्गम ग्रामिण क्षेत्रका सर्वसाधारणलाई निशूल्क र सहज रुपमा गाउँमै शल्यक्रिया सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिवीरको आयोजना गरेको अध्यक्ष रोकाले बताउनुभयो ।

४६ जना मोतिया बिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । १ जनाको माईनर अप्रेशन र १ जनालाई शल्यक्रियाका लागि पोखरा रिफर गरिएको छ । शल्यक्रियापछि आँखा देख्ने भएकोमा मालीका गाउँपालीका ६ दिच्यामका १०४ वर्षिय अमलाल न्युरेले प्रशन्नता व्यक्त गर्नुभयो ।
यसैगरी बृहत स्वास्थ्य शिवीरमा ३८ जनाले दाँत भरेको, १०० जनाले ल्याब, ४५ जनाले एक्सरे, ९० जनाले मुटुको ईसीजी, ५० जनाले पाठेघरको मुखको क्यान्सरको जाँच र ५० जनाले पाठेघरमा रिङ राखेका छन् ।

हिमालयन आँखा अस्पताल पोखराकी चिकित्सक हरिमाया गुरुङ, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर राजेन्द्र  पौडेल, तिलक गौतम, कृष्ण कडेल र बिजय अधिकारी सहितको स्वास्थ्य कर्मीको टोलीले सेवा दिएको थियो ।

शिवीरमा शिरामीको स्वास्थ्य परिक्षण, परामर्शका साथै निशूल्क औषधी वितरण गरिएको थियो । शिवीरमा थम्मन गौतम मार्फत चार लाख र एसआर फर्माका सञ्चालक गुन बुढा मार्फत तिन लाख पचास हजार रुपैया बराबरको औषधि उपलब्ध गराउनुभएको थियो ।

शिवीर मार्फत दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा सुबिधाको बारेमा प्रचारप्रसारमा समेत सहयोग पुगेको प्रमुख चिकित्सक पौडेलले बताउनुभयो । मालीका, मंगला र धौलागिरी गाँउपालीकाका सबै जसो वडाका बासिन्दाले शिवीरबाट सेवा लिएका लियो क्लब अफ दरवाङका अध्यक्ष बिमल शर्माले बताउनुभयो ।