ताजा समाचार:
Search

गाउँ पुगेका विजयी उम्मेदवारले भने ः शिर उचाे हुनेगरी काम गर्दछौं

सन्तोष गौतम \ विकल्प न्युज
बेनी २७ मंसिर ।Dana हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीमा बिजयी भएका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका सांसदहरुले बुधबार अन्नपूर्ण गाउँपालीकाको विभिन्न ठाउँका मतदातालाई गाउँमै पुगेर धन्यवाद दिनुभएको छ ।

प्रतिनिधिसभा सदस्य एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र माओवादी केन्द्रका प्रदेशसभा सदस्य बिनोद केसीको टोलीले रघुगंगा गाउँपालीका ३ काभ्रे, दाना, ४ नम्बर वडा नारच्याङ र ५ नम्बरमा पर्ने पाउद्धारमा पुगेर मतदातालाई धन्यवाद दिनुभएको हो ।
उहाँहरुले स्थानीय स्तरमा विकास निर्माणको अवस्था, आवश्यकता र समस्याको बारेमा समेत जानकारी लिनुका साथै छलफल समेत गर्नुभएको थियो । कार्यक्रममा सांसददय थापा र केसीले जनताले गरेको विश्वासलाई काम गरेर प्रमाणीत गर्ने, शिर नझुक्नेगरी उचो राख्नेगरी काम गर्ने, म्याग्दीको विकास र सम्बृद्धी तथा जनताको समस्या समाधानका लागि लागी पर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिनिधिसभा सदस्य थापाले नेपालमा अब बामपन्थीको दुई तिहाई बहुमत सहितको स्थिर सरकार बन्ने, त्यसले विकास निर्माण र सम्बृद्धीलाई सघाउ पुग्ने निती तथा योजना ल्याउने बताउनुभयो ।

प्रदेशसभा सदस्य केसीले म्याग्दी सम्भावना नै सम्भावना भएको जिल्ला भएको र त्यो सम्भावनालाई पहिचान र परिचालन गरि जिल्लाबासीको जिवनस्तरमा परिवर्तन ल्याउने किसीमका निती, योजना र कार्यक्रम बनाउन जोड दिने बताउनुभयो ।

उहाँहरुले बेनी जोमसोम कोरला सडक आयोजनालाई प्रभावकारी रुपमा कार्यान्वय, कालीगण्डकी कोरीडोर क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजना र पर्यटनबाट जनताले बढी लाभ लिने किसीमले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गर्ने बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका संयोजक गोविन्द पौडेलले कम्प्युनिष्ट एकताका लागि जनताले दिएको अभिमतको सम्मान गर्दै बाम गठबन्धनलाई पार्टी एकतामा रुपान्तरण गर्न जुट्ने बताउनुभयो । स्थानीय बासिन्दाहरुले नवनिर्वाचित सांसदहरुसमक्ष सडक, खानेपानी, विद्युतीकरण, पर्यटन विकास, आयआर्जन वुद्धीमा सघाउ पुग्ने किसीमका योजनाका लागि सहयोग गर्न माग पेश गरेका थिए ।

दानामा जितबहादुर पुर्जाको अध्यक्षता र वडा अध्यक्ष नरसीङ पुनको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो भने नारच्याङमा रोमबहादुर बुद्धुजाको अध्यक्षता, रुमलाल पुनको स्वागत र झेन्द्र बुद्धुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला सदस्य तेज गुरुङले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।