क्यान्सर पीडित गुरुङलाई कोषको सहयोग

सन्तोष गौतम \ विकल्प न्युज
बेनी २७ मंसिर ।IMG_2032म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बुधबार क्यान्सर पिडित एक महिलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

आन्द्राको क्यान्सरबाट पिडित धौलागिरी गाउँपालीका ७ हिलापोखरीकी तिलकुमारी गुरुङको उपचारका लागि कोषले नगद पन्ध्र हजार रुपैया सहयोग गरेको हो । कोषका अध्यक्ष राजेश शाक्यले व्यक्तिगत रुपमा थप पाँच हजार रुपैया उपलब्ध गराउनुभएको छ ।

गुरुङका श्रीमान पूर्णलाई अध्यक्ष शाक्य, सचिव लोकश पुन र कोषाध्यक्ष खम थापाले रकम हस्तान्तरण गर्नुभएको थियो । ४९ वर्षिय गुरुङ पोखराको गण्डकी अस्पतालमा उपचार गराईरहनुभएको छ । खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका गुरुङ परिवारले उपचारका लागि हालसम्म तिन लाख रुपैया भन्दा बढी खर्च गरिसकेका छन् ।

आफूसंग भएको, ऋण खोजेर, गोठका गोरु, भैसी बेचेर पनि उपचार खर्च अपुग भएपछि सहयोगका लागि गुरुङले सहयोगका लागि अपिल गर्नुभएको छ । गुरुङको उपचारका लागि आर्थिक सहयोग जुटाउन हिलापोखरीमा रहेको जनशान्ति युवा क्लवले अभियान सञ्चालन गरेको छ ।