म्याग्दीकी पुन धौलागिरिमा निर्वाचित एक्ली महिला सांसद

सन्तोष गौतम/विकल्प न्यूज
मंसिर २७ गते ।

nardevi हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीकी नरदेवी पुन धौलागिरि क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने एक्ली महिला सांसद बन्नुभएको छ ।

म्याग्दीको प्रदेशसभा क्षेत्र ९ख०मा विजयी हुनुभएकी एमालेकी नेता पुन धौलागिरि क्षेत्रमा पर्ने म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतबाट पहिलो हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ निर्वाचित एक्ली सांसद बन्नुभएको हो । nardevi and amlal fagamiदस हजार ८६८ मत प्राप्त गरेर विजयी हुनुभएकी पुनले नेपाली काँग्रेसका अमलाल फगामीलाई दुई हजार ८७८ मतान्तरले पराजित गर्नुभएको हो । धौलागिरि, मालिका र मंगला गाउँपालिका समेटिएको ३२ हजार ५४५ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र ९ख० मा १९ हजार ७७४ मत खसेकामा काँग्रेसका उम्मेदवार फगामीले सात हजार ९९० मत प्राप्त गर्नुभयो ।

 

प्रदेश नं ४ मा पर्ने धौलागिरिमा प्रत्यक्षतर्फ पुनसहित दुईजना मात्र महिला उम्मेदवार बन्नुभएको थियो । बागलुङको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएकी सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का एमालेका सूर्य पाठकसँग पराजित हुनुभयो ।

DSC_0529दोस्रो संविधानसभामा एमालेका तर्फबाट समानुपातिक सांसद बन्नुभएकी ४७ वर्षीय पुन नेकपा ९एमाले०का अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पशुपक्षी विकास राज्यमन्त्री बन्नुभएको थियो । अर्थशास्त्र र समाजशास्त्रमा स्नाकोत्तर गर्नुभएकी पुन म्याग्दीकोे शिक्षित र अगुवा महिला मानिनुहुन्छ ।

उहाँ विसं २०५६ को संसदीय चुनावमा काँग्रेसका नारायणसिं पुन र २०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीका गोविन्द पौडेलसँग पराजित हुनुभएको थियो । एमालेका पूर्वजिल्ला उपसचिव रहनुभएकी पुन हाल अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुनुहुन्छ  ।