ताजा समाचार:
Search

समानुपातिकबाट ५ दललाई राष्ट्रिय मान्यता, कसले कति सीट पाउलान् ?

काठमाडौं, २७ मंसिर–

 samanupatik-party-nepa प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ सबै १६५ निर्वाचन क्षेत्रका मतपरिणाम सार्वजनिक भइसकेको छ ।  सार्वजनिक भएको परिणामअनुसार नेकपा एमालेले ८० स्थानमा जित्दै पहिलो बनेको छ भने नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जीत हासिल गरेको छ । यस्तै यसअघि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले २३ स्थानमा मात्रै प्रत्यक्षतर्फ जीत निकालेको छ ।

प्रत्यक्षतर्फ सबै ठाउँका परिणाम सार्वजनिक भइसकेको अवस्थामा समानुपातिक निर्वाचन प्रणालीतर्फ मतगणना चलिरहेको छ । निर्वाचन आयोगका अनुसार विहान ११ बजेसम्म करिब ५५ लाख मत गणना भइसकेको छ । समानुपातिकतर्फ कूल १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको थियो ।

खसेकोभन्दा आधा बढी मत गणना भइसक्दा समानुपातिकतर्फ पनि नेकपा एमाले अगाडि देखिन्छ । विहान ११ः३० बजेसम्मको अपडेटअनुसार नेकपा एमालेले समानुपातिकतर्फ ३५ प्रतिशत अर्थात् १९ लाख ७३ हजार ७ सय ७६ मत प्राप्त गरेको छ ।

एमालेलाई पछ्याइरहेको कांग्रेसले समानुपातिकतर्फ अहिलेसम्म ३३.५ प्रतिशत अर्थात् १८ लाख ८४ हजार ८ सय १८ मत प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको माओवादी केन्द्र समानुपातिकतर्फ भने एमाले र कांग्रेसभन्दा निकै पछाडि रहेको छ । विहान ११ः३० बजेको अपडेट अनुसार माओवादी केन्द्रले समानुपातिकतर्फ १३.५ प्रतिशत अर्थात् ७ लाख ६२ हजार ५ सय ४४ मत प्राप्त गरेको छ ।

मधेस केन्द्रित दललाई राष्ट्रिय मान्यता 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ११ सीट जितेको राष्ट्रिय जनता पार्टी (राजपा)ले समानुपातिकतर्फ पनि राष्ट्रिय दलको मान्य प्राप्त गर्न ३ प्रतिशत मत प्राप्त गरिसकेको छ । विहान ११ः३० बजेसम्म सार्वजनिक मतपरिणाम अनुसार राजापाले १ लाख ८३ हजार ५ सय १८ मत प्राप्त गरेको छ । उक्त मत अहिलेसम्म गणना भएको कूल मतको ३.३ प्रतिशत हो ।

यस्तै प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० सीट जितेको संघीय समाजवादी फोरमले समानुपातिकतर्फ ४.४ प्रतिशत अर्थात् २ लाख ४५ हजार ७ सय ७५ मत प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फ एक ठाउँमा मात्रै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेको कमल थापा नेतृत्वको राप्रपा पनि थ्रेसहोल्ड कटाउन संघर्षरत छ । अहिलेसम्म राप्रपाले २.३ प्रतिशत अर्थात् १ लाख ३१ हजार १ सय ९५ मत प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फ एउटा पनि सीट नजितेकाले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने संभावना गुमाइसकेको विवेकशील साझाले भने अहिलेसम्म समानुपातिकतर्फ २.२ प्रतिशत अर्थात् १ लाख २२ हजार ५ सय ७७ मत प्राप्त गरेको छ । विवेकशीलले ३ प्रतिशत थ्रेसहोल्ड नकटाए उसले समानुपातिकबाट सांसदको सीट पनि पाउने छैन ।

कुन दललाई कति सीट

अहिलेसम्म जम्मा ५ दल (एमाले, कांग्रेस, माओवादी, फोरम र राजपा)ले मात्रै समानुपातिकतर्फको थ्रेसहोल्ड कटाएका छन् । २०७० सालको संविधानसभा निर्वाचन प्राप्त समानुपातिक मतगणना गर्दा अपनाइएको विधिअनुसार गणना गर्दा अहिलेको अवस्थामा समानुपातिकबाट एमालेले ४३, कांग्रेसले ४१, माओवादीले १७, संघीय फोरमले ५ र राजपाले ४ सीट पाउने अवस्था देखिन्छ ।

यद्यपि अहिलेसम्म ५५ लाख मात्रै मत गणना भएकाले यो सीट संख्या केही परिवर्तन हुन सक्छ । अन्या साना दलले थ्रेस होल्ड कटाएमा ठूला दलको सीट संख्या घट्न सक्छ । थ्रेसहोल्ड कटाउन नसकेका दलले भने समानुपातिकबाट एउटा पनि सीट पाउने छैनन् ।

तीन प्रतिशत मत कटाउन नसक्ने दलले समानुपातिकतर्फ पाएको मत खेर जानेछ ।  lokantara.com

हेर्नुस् कुन दललार्इ कति प्रतिशत मत,canvas