ताजा समाचार:
Search

म्याग्दीका केसी ४ नम्बर प्रदेशमा निर्वाचित हुने कान्छा सांसद

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी २६ मंसिर ।

binod kc 3म्याग्दीका बिनोद केसी प्रदेश नम्बर ४ मा प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कम उमेरका सांसद बन्नुभएको छ । प्रदेश नम्बर ४ का ३६ क्षेत्र मध्य म्याग्दीको प्रदेशसभा क्षेत्र (क)मा बाम गठबन्धनबाट उमेद्वार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का ३३ वर्षिय केसी कान्छा सांसद बन्नुभएको हो ।

१४ हजार ७०४ मत प्राप्त गरि प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका केसीका प्रतिस्पर्धी राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत प्राप्त गर्नुभयो । पञ्चायतकालमा दुई पटक राज्यमन्त्री, जिल्ला पञ्चायत सभापती समेत भैसकेका ७७ वर्षिय गौचनलाई पराजित गर्दै केसी प्रदेश नम्बर ४ का कम उमेरका सांसद भएको दावी गरिएको छ । binod kcबेनी नगरपालीका, रघुगंगा गाउँपालीका र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेशसभा क्षेत्र (क)मा ४२ हजार ९३३ मतदाता रहेकोमा २७ हजार ६७५ मत खसेको थियो । केसीलाई एमाले र गौचनलाई नेपाली काँग्रेसले सर्मथन गरेको थियो ।bhim and binodवि.स २०४१ असार २४ गते जन्मनुभएका बेनपा ८ निवासी केसी सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाजु मदनको दन्द्धकालमा तत्कालीन शाही सेनाबाट हत्या भएको थियो । हाल नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य, बेनी नगर कमिटिका उपाध्यक्ष रहनुभएका केसीले दाजु मदनबाट प्रभावीत बनेर माओवादी राजनितिमा सक्रिय बनेको बताउनुहुन्छ ।

binod kc 2दाजु दिवंगत भएपछि घर ब्यवहार धान्नका लागि केसीले वि.स २०६० देखि करिब पाँच वर्ष ट्याक्सी चालकको रुपमा काम गर्नुभएको थियो । म्याग्दी ट्याक्सी ब्यवसायी समितिका संस्थापक अध्यक्ष रहेका केसी यातायात ब्यवसायी हुनुहुन्छ ।

मध्यम वर्गीय परिवारका केसी जिल्ला खेलकुद विकास समितिको पुर्व अध्यक्ष हुनुहुन्छ । प्रदेशसभा सदस्यमा बिजयी भएपछि केसीले कसैप्रती पूर्वाग्रह नराखी सबै जिल्लाबासीको साझा प्रतिनिधिको रुपमा जनताको समस्या समाधानका लागि काम गर्ने बताउनुभयो ।

“जनतासंग गरेका प्रतिवद्धता पुरा गराउन दृढ भएर लाग्छु” केसीले भन्नुभयो “४ नम्बर प्रदेशको कानुनलाई युवामैत्री बनाउनु मेरो प्राथमिकता रहनेछ ।” केसीले रोजगारीको खोजीमा बिदेशीनुपर्ने युवाहरुको समस्या समाधानका लागि स्थानीय स्तरमा रोजगारी सिर्जना र स्वरोजगार बन्ने वातावरण बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारबीच पुलको भुमिका निर्वाह गर्ने बताउनुभयो ।

DSC_0529म्याग्दीमा रहेको जलविद्युत, पर्यटन, वनपैदावार, कृषि क्षेत्रको सम्भावनालाई वास्तवीकतामा रुपान्तरण गरी विकास, सम्बृद्धी र जिल्लाबासीको जिवनस्तरमा सुधार ल्याउन सकिने केसीको भनाई छ । म्याग्दीको प्रतिनिधिसभामा बाम गठबन्धनबाट एमालेका भुपेन्द्रबहादुर थापाले २३ हजार ३०३ र प्रदेशसभा क्षेत्र (ख)मा एमालेकी नरदेवी पुनले १० हजार ८६८ मत प्राप्त गरि बिजयी हुनुभएको छ ।