ताजा समाचार:
Search

पदम गिरी ः धैर्यले स्ववियू सभापति, स्पिडले सांसद

विकल्प न्यूज/पर्वत
मंसिर २६ गते ।

DSC_0764२०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रसको तर्फबाट भवानीशंकर पौडेलले पर्वतमा टिकट पाए। पार्टीले टिकट दिए पछि प्रचारको लागि उनको तस्बिर सहितका पोष्टरले भित्ताहरु टालिए पनि। तर उनको त्यो टिकट मतदानको दिन सम्म रहन पाएन। आफ्नै पार्टीबाट उनलाई फिर्ता गरेर अर्जुन प्रसाद जोशीलाई उम्मेदवार खडा गरियो। पार्टीको यस्तो निर्णयमा पौडेललाई न्याय दिने कोही देखिएनन्।DSC_0024२०५६ सालमा पर्वतको संसदीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवार जुद्ध गुरुङलाई हराएपछि अर्जुन जोशीको संसदीय यात्रा २०६४ को पहिलो संविधान सभा हुँदै २०७० को दोस्रो संविधान सभासम्म जारी रह्यो। अर्थात उनले यो अवधिमा ह्याट्रिक गरे।
तर यो संसदीय निर्वाचनमा चौका हान्ने जोशीको दाउलाई नेकपा एमालेका पर्वतका युवा नेता पदम गिरीले वोल्ड आउट गरिदिए। १२ हजार ४ सय ५६ मतान्तरले गिरीले जोशीलाई चुनावी रेसमा पराजित गर्दै आफुलाई जनअनुमोदित गरे।

bam kushma 1गिरीले ३९ हजार २ सय ७५ मत ल्याए भने जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गरे। पहिलो संविधान सभाको निर्वाचनताका तत्कालिन नेकपा माओवादीको माहोल थियो। माओवादीको माहोललाई चिर्दै उनले चुनाव जितेका थिए। त्यतिबेला माओवादीकी उम्मेदवार मनरुपा शर्मालाई जोशीले झिनो मतान्तरले पराजित गरे। २०७० को निर्वाचनमा जोशीको भेट एमालेका पोलिटव्यूरो सदस्य गणेष तिमिल्सिनासँग भयो। तिमिल्सिनालाई जोशीले पराजित गर्दै संसदीय राजनीतिमा ुह्याट्रिक गरेका थिए।

nc parbatपदम गिरी विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन्। गिरी पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियू सभापति हुँदै जिल्ला फर्केर पार्टी राजनीतिमा सहभागि भए। एमाले पर्वतको अध्यक्ष रहेका गिरीको वाक कलाका प्रशंसक धेरै छन्।

DSC_0658वाम गठवन्धनले उनको विजयलाई सहज बनाए पनि नयाँ मतदाताको उनी प्रतिको आकर्षण उत्तिकै थियो। जिल्लाको विकास र समृद्धि नै मेरो पहिलो एजेण्डा होु, गिरीले टेलिफोनमा भने, पर्वतवासी जनताहरुलाई म निरास हुन दिन्न। हरिदन उहाँहरुकै सेवामा समर्पित हुने छु।ु युवा पुस्ताले आफु प्रति देखाको विश्वासलाई गुम्न नदिने गरी भावि दिनमा अघि बढ्ने गिरीले बताए। एमाले जिल्ला सचिवालय सदस्य हुँदै पार्टी राजनीतिमा प्रदेश गरेका उनी दोस्रो पटकमा नै जिल्ला अध्यक्ष भए।

padam 1अस अघि पर्वत दुई क्षेत्रमा विभाजित थियो। सदरमुकाम रहेको १ नम्बर क्षेत्र रहेको थियो भने दक्षिण भेग दुई नम्बर क्षेत्रमा रहेको थियो। १ नम्बर क्षेत्रमा यस अघि एक पटक मात्र वापन्थीहरुले विजय हाँसिल गरेका थिए। २०४७ को निर्वाचनमा एमालेका कृष्ण प्रसाद भट्टराई विजयी भएपछि उनको विरासत अरुले फर्काउन सकेनन्। त्यसपछि निरन्तर कांग्रेस विजयी बन्दै आयो।

क्षेत्र नम्बर दुईमा २०४७ को निर्वाचनमा एमालेका देवबहादुर पौडेल क्षत्री निर्वाचित भए। त्यपछिका दुई निर्वाचनमा कांग्रेस नै विजयी बन्यो। तर २०६४ सालको संविधान सभा निर्वाचनमा माओवादी गुणाखर बस्याल विजयी बने भने २०७० मा एमालेका विकास लम्साल। लम्साल अहिले प्रदेश सभा ुखु बाट विजयी भएका छन्। प्रदेश ुकु मा माओवादीका नेत्रनाथ अधिकारी विजयी भएका छन्। गिरीले जिल्लामा गठवन्धनका मत मात्र पाएनन् ुपपुलरु भोट पनि हात पारे। यसै कारण उनले मतान्तर बढाए। गिरीको विजयले युवा पुस्तामा राजनीतिको आशा जगाउन समेत मदत गर्ने छ।

भवानी शंकर पौडेलको जस्तै एउटा प्रशंग गिरीको राजनीतिमा पनि मिल्छ। त्यो हो स्ववियू निर्वाचको प्रशंग। उनी पृथ्वी नारायण क्याम्पस पोखरामा स्ववियू उपसभापति थिए। स्ववियूको निर्वाचन हुँदै थियो सभापतिको टिकट उनकै पोल्टामा थियो। तर एकाएक अरु कसैले त्यो टिकट पायो। गिरीले अर्को स्ववियू निर्वाचन सम्म धैर्य गरे। धेर्यले त्यतिबेला उनलाई स्ववियू सभापति बनाए त्यस पछिको स्पिडले प्रतिनिधि सभा सदस्य। तस्विरहरु / ठाकुरप्रसाद आचार्य साभारः नागरिक दैनिकबाट