बिजयी उम्मेदवारलाई लैङ्गीक समानताको पक्षमा काम गर्न आग्रह

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी २४ मंसिर ।
म्याग्दीका महिला नेताहरुले बिजयी उमेद्वारलाई लैङ्गीक समानता कायम गर्ने विषयलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

अखिल नेपाल महिला संघ म्याग्दीले आईतबार बेनीमा प्रतिनिधि र प्रदेशसभामा बिजयी बाम गठबन्धनका उमेद्वारहरुलाई सम्मान गर्दै समाजमा बिभेदको अन्त्य र समानता कायम गर्न बनेका निती नियमको कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन् ।

कार्यक्रममा सहभागी महिला नेताहरुले आर्थिक र सामाजिक रुपमा पछि परेका महिलाहरुको क्षमत्ता, नेतृत्व विकास, शिक्षा र आर्थिक स्रोतमा पहुँच बढाउने निती, योजना र कार्यक्रम बनाउन नवनिर्वाचित सांसदहरुलाई आग्रह गरेका थिए ।

DSC_0531कार्यक्रममा प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा क्षेत्र ख का नरदेवी पुन र प्रदेश सभा क का बिनोद केसीले संबिधानमा महिलाको पक्षमा भएको व्यवस्थाको कार्यान्वयन गर्न सबै क्षेत्रसंग सहकार्य गरेर अघि बढ्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँहरुले सामाजिक परिवर्तन र समतामुलक महिलाहरुको शिक्षा र आर्थिक स्रोतमा पहुँच बढाउनुपर्ने बिचार व्यक्त गर्नुभयो । अनेमसंघ म्याग्दीका अध्यक्ष समेत रहनुभएकी धौलागिरी गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षता, उपाध्यक्ष कोपीला बरुवालको स्वागत र थममाया पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।