पर्वतमा पदम गिरीको शानदार जीत

विकल्प न्यूज/पर्वत
मंसिर २४ गते । bam kushma 1नेकपा एमालेका युवा नेता पदम गिरीले प्रतिनिधिसभा निर्वाचनमा पर्वतबाट सानदार जित हाँसील गर्नुभएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीलाई १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्नुभएको छ । वाम गठबन्धनका साझा उम्मेदवार गिरीले ३९ हजार दुइ सय ७५ मत प्राप्त गर्नुभयो भने काँग्रेसका जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गर्नुभयो ।

padam 1
गिरी पर्वतवासीहरुमा लोकप्रिय युवा नेता मानिनुहुन्छ । उहाँको उम्मेदवारी सँगै पर्वतमा वामगठन्धन प्रति जनलहर देखिएको थियो । प्रदेशसभामा पनि वाम गठन्धनका दुइवटै उम्मेदवार विजयी भएका छन् ।