म्यादीका बिजयी उमेद्वारहरुद्धारा सम्बृद्धि र विकासको नेतृत्व गर्ने प्रतिवद्धता (भिडियोसहित)

म्यादीका बिजयी उमेद्वारहरुद्धारा सम्बृद्धि र विकासको नेतृत्व गर्ने प्रतिवद्धता (भिडियोसहित)
सन्तोष गौतम । विकल्प
म्याग्दी २२ मंसिर ।DSC_0411 प्रतिनिधि र प्रदेशसभा चुनावमा बिजयी भएका उमेद्वारहरुले म्याग्दीको विकास र सम्बृद्धीको नेतृत्वमा प्रभावकारी भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
मतपरिणाम सार्वजनिक भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पत्रकारहरुसंग कुराकानी गर्दै प्रतिनिधिसभा सदस्यमा बिजयी भुपेन्द्र थापा, प्रदेशसभा सदस्यमा बिजयी हुनुभएका नरदेवी पुन र माओवादी केन्द्रका बिनोद केसीले आफूलाई मतदान गर्ने र चुनाव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।DSC_0406प्रतिनिधिसभा सदस्यमा बिजयी हुनुभएका थापाले देशमा राजनितिक स्थिरीता कायम गर्ने बाम गठबन्धनको एजेण्डालाई विश्वास गरेर मतदान गरेका नागरीकको आशा पुरा हुने बताउनुभयो । उहाँले म्याग्दीको विकास र सम्बृद्धीका लागि स्थानीय तहसंग समन्वय गरेर अघि बढ्न नेतृत्वदायी भुमिका निर्वाह गर्ने बताउनुभयो ।

नगर र गाउँपालीकाले गर्न नसक्ने संघीय सरकारले सञ्चालन गर्ने ठूला आयोजना भित्र्याउने र हाल सञ्चालनमा रहेका आयोजनाको प्रभावकारी कार्यान्वयन गरी जनताको जिनवस्तरमा सुधार ल्याउन पहल गर्ने थापाले बताउनुभयो ।

प्रदेशसभा क्षेत्र ख मा बिजयी पुनले अब नेपालमा राजनितिक स्थिरता कायम भई सम्बृद्धी र विकासको अभियानले तिब्रता पाउने बताउनुभयो । जनतालाई सहज हुने कानुन निर्माण गरी उनिहरुको जिवनस्तरमा परिवर्तन ल्याउन पहल गर्ने पुनले बताउनुभयो ।

संबिधानले दिएको अधिकार प्रयोग गरी विकास र समृद्धीका लागि सक्रिय भुमिका निर्वाह गर्ने र बिशेष गरी महिलाको समस्या समाधानका लागि उनिहरुको आर्थिक र शिक्षामा पहुँच बढाउन जोड दिने बताउनुभयो ।

प्रदेशसभा क्षेत्र –क)मा बिजयी माओवादी केसीले अग्रगामी पक्षलाई सर्मथन गरेकोमा धन्यवाद दिदै सबै जिल्लाबासीको साझा प्रतिनिधिको रुपमा जनताको समस्या समाधानका लागि काम गर्ने बताउनुभयो । यसअघि व्यक्त गरेका प्रतिवद्धता पुरा गर्ने दृद्ध भएर लाग्ने केसीले बताउनुभयो । उहाँले चुनावी अभियानका क्रममा जिल्लाका प्राकृतिक स्रोत साधनलाई परिचालन गरि रोजगारी सिर्जना गर्न प्राथमिकता दिने बताउनुभएको थियो ।