ताजा समाचार:
Search

सम्बृद्धिको नेतृत्व गर्ने नव निर्वाचित सांसदहरुको उद्घोष

सन्तोष गौतम /विकल्प न्यूज

DSC_0348म्याग्दी २२ मंसिर  प्रदेश नम्बर ४ को प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दी र मुस्ताङ जिल्लामा एमाले माओवादी केन्द्रको बाम गठबन्धनका उमेद्वार बिजयी भएका छन् ।
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापा र मुस्ताङमा एमालेकै प्रेमप्रसाद तुलाचन निर्वाचित भएका हुन् । २३ हजार ३०३ मत ल्याएर बिजयी भएका थापाका प्रतिस्पर्धी काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले २० हजार ९८० मत प्राप्त गरे ।DSC_0427मुस्ताङमा वि.स २०७० को दोस्रो संबिधानसभा चुनावमा १३ मतान्तरले बिजयी भएका काँग्रेसका रोमी गौचन थकालीलाई एमालेका तुलाचनले ३६३ मतान्तरले पराजित गरे । तुलाचनले तिन हजार ५४४ र गौचनले तिन हजार १८१ मत प्राप्त गरे । एक पटक परराष्ट्र सहायक र एक पटक वाणिज्य मन्त्री बनेका गौचनलाई पराजित गरेका तुलाचन निर्माण व्यवसायी हुन् ।

म्याग्दीको प्रदेशसभा क्षेत्र (क)मा माओवादी केन्द्रका बिनोद केसीले १४ हजार ७०४ मत प्राप्त गरी बिजयी भएका छन् । पञ्चायतकालमा दुई पटक राज्यमन्त्री र जिल्ला पञ्चायत सभापती बनेका केसीका प्रतिस्पर्धी भिमप्रसाद गौचनले १२ हजार १७५ मत प्राप्त गरे ।

DSC_0406काँग्रेसको सर्मथनमा चुनावी मैदानमा उत्रिएका राजनितिमा अनुभवी मानिने ७७ वर्षिय गौचनलाई पराजित गरेका ३३ वर्षिय केसी प्रदेश नम्बर ४ मा निर्वाचित हुने सम्भवत कान्छा सांसद बनेका छन् ।

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा १० हजार ८६८ मत प्राप्त गरी बिजयी भएकी एमालेकी नरदेवी पुन दोस्रो पटक सांसद बनेकी हुन् । २०५६ को संसदीय र २०६४ को पहिलो संबिधानसभा चुनावमा पराजित भएकी पुन २०७० को दास्रो संबिधानसभा चुनावमा एमालेबाट समानुपातीक सांसद भई पशुपंक्षि विकास राज्यमन्त्री बनेकी थिईन् ।

DSC_0387पुनका प्रतिस्पर्धी काँग्रेसका अमलाल फगामीले सात हजार ९९० मत प्राप्त गरे । मुस्ताङको प्रदेशसभा क्षेत्र (क)मा एक हजार १६७ मत ल्याएर बिजयी भएका ईन्द्रधारा बिष्ट उपल्लो मुस्ताङका सामाजिक अगुवा हुन् । पुर्व मुस्ताङी राजा जिग्मी सिग्मे पलवर बिष्टका भान्जा ईन्द्रधाराका प्रतिद्धन्द्धी काँग्रेसका मिङमर गुरुङले ६५७ मत ल्याए ।

दुई हजार ५८४ मत ल्याएर मुस्ताङको प्रदेशसभा क्षेत्र (ख)बाट चुनिएका एमालेका महेन्द्रबहादुर थकाली लामो समय निजामती सेवामा काम गरेर सेवानिवृत भएपछि राजनितिमा लागेका थिए । थकालीका प्रतिस्पर्धी काँग्रेसका छिरीङ धावा गुरुङले दुई हजार २५९ मत ल्याए ।
म्याग्दीको बेनी र मुस्ताङको जोमसोममा एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ताले ¥याली सहित शुक्रबार खुसीयाली मनाएका थिए । म्याग्दीबाट निर्वाचित जनप्रतिनिधिहरुले राजनितिक स्थिरता र संबिधानको कार्यान्वयनसंगै जिल्लाको विकास तथा सम्बृद्धीको नेतृत्व गर्ने प्रतिवद्धता जनाएका छन् । DSC_0380सडक यातायातको विस्तार र सुधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी सेवाको गुणस्तर सुधार, जलविद्युत, कृषि, पर्यटन र जडिवुटीको परिचालन गरी रोजगारी सिर्जना पहल गर्ने उनिहरुको भनाई छ ।DSC_0427

 

मुस्ताङका जनप्रतिनिधिहरुले कोरला नाका सञ्चालन गर्ने, बेनी जोमसोम कोरला सडक आयोजनालाई सफल बनाउने, तिलीचो ताल र दामोदर कुण्डसम्म सडक पु¥याउने, कृषि र पर्यटन क्षेत्रमा रोजगारी सिर्जना गराउन प्राथमिकता दिने बताएका छन् ।