म्याग्दीमा वाम गठवन्धनको ‘क्लिन स्वीप’(विजयी ¥यालीको फोटोसहित)

विकल्प न्यूज/बेनी
मंसिर २२ गते । DSC_0406पहिलो चरणअन्तर्गत गत मंसिर १० गते निर्वाचन भएको ४ नम्बर प्रदेशको जिल्ला म्याग्दीमा वाम गठवन्धनले ‘क्लीन स्वीप’ गरेको छ । प्रतिनिधिसिभा सदस्यको एउटा र प्रदेशसभाका २ गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका हुन् । DSC_0417प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार एमालेका वैकल्पीक केन्द्रीय सदस्य भूपेन्द्र वहादुर थापा विजयी हुनुभएको छ । एमालेका थापाले २३ हजार तिनसय ८ मत प्राप्त गर्दा नेपाली काँग्रेसका खम वहादुर गर्बुजा(खम्बीर) ले २० हजार ९ सय ८० मत प्राप्त गर्नुभयो । DSC_0411प्रदेशतर्फ क्षेत्र क निर्वाचन क्षेत्रमा वाम गठवन्धनकै उम्मेदवार एवम् माओवादी केन्द्रका युवा नेता विनोद केसीले विजयी हुनुभएको छ । माओवादीका केसीले काँग्रेस राप्रपा गठबन्धनका भिमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गर्नुभएको हो । केसीले १४ हजार ७०४ र उहाँका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । DSC_0390यस्तै प्रदेश ख निर्वाचन क्षेत्रमा वाम गठवन्धन एवम् नेकपा एमालेकी नेतृ नरदेवी पुन विजयी हुनुभएको छ । पुनले १० हजार ८ सय ६८ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका अमलाल फगामीले ७ हजार ९ सय ९० मत ल्याउनु भएको छ । DSC_0387

DSC_0390DSC_0375DSC_0339 DSC_0326DSC_0316 DSC_0427तस्विरहरु ठाकुरप्रसाद आचार्य