मुस्ताङमा मतगणना सुरु

निरज थकाली/विकल्प न्यूज
मुस्ताङ २१ कात्तिक ।

matgadanaतस्विर म्याग्दीमा मतगणना गर्दै ।

मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनावका लागि मतदान भएको हिमाली जिल्ला मुस्ताङमा पनी बिहीबार साँझदेखि मतगणना सुरु भएको छ ।
जोमसोम स्थित जिल्ला समन्वय समितिको भवनमा मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले प्रतिनिधि र प्रदेशसभाको छुट्टा छुट्टै तिन वटा समूहमा मतगणना सुरु गरेको जानकारी दिनुभयो ।
प्रतिनिधिसभामा १ र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नौ हजार ४२७ जना मतदाता रहेकोमा छ हजार ७५२ मत खसेको थियो ।
लोमान्थाङ र दालोमे गाउँपालीका समावेश भएको प्रदेशसभा क्षेत्र क मा एक हजार ८३६ र बाह्गाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालीका समावेश भएको प्रदेशसभा क्षेत्र ख मा चार हजार ९३६ मत खसेको थियो ।

प्रतिनिधिसभामा काँग्रेसका रोमी गौचन थकाली र एमालेका प्रेमप्रसाद तुलाचन, प्रदेशसभा क्षेत्र क मा एमालेका ईन्द्रधारा बिष्ट र काँग्रेसका मिङगुर गुरुङ, प्रदेशसभा क्षेत्र ख मा एमालेका महेन्द्र थकाली र काँग्रेसका छिरीङ धावा गुरुङ मुख्य प्रतिस्पर्धीको रुपमा रहनुभएको छ । मतदाता थोरै भएकाले मुस्ताङको मतगणना शुक्रबार दिउँसोसम्म सकिने बताइएको छ ।