ताजा समाचार:
Search

म्याग्दीमा वडा अनुसार मतगणना हुने

सन्तोष गौतम\ विकल्प न्युज
म्याग्दी २० मंसिर ।

IMG_1642
पहिलो चरणमा गत १० गते प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा वडा अनुसार मतगणना हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा बुधबार बेनीमा बसेको सर्वदलीय बैठकमा वडा अनुसार मतगणना गर्ने निर्णय भएको हो । राजनितिक दलका प्रतिनिधिहरुले प्रत्येक वडाको छुट्टा छुट्टै मतगणना गर्ने निर्णय गरीएको हो ।dagnamयस्तो निर्णयसंगै उमेद्वारले कुन वडाबाट कती मत आयो भन्ने थाहा पाउने भएका छन् । एक हजार पाँच सय भन्दा कम खसेको वडाको मतपेटीका भने अर्को वडाको मतपत्रसंग मिसाएर गनिने भएको छ ।

दोस्रो चरणमा ४५ जिल्लामा मतदान सकिएलगत्तै म्याग्दी लगायत पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामा बिहीबार साँझ ५ बजेबाट गरिने मतगणनाको तयारी पुरा भएको छ । प्रतिनिधिसभाको दुई र २ वटा प्रदेशसभाको एकएक ठाउँमा गरि चार ठाउँमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले जानकारी दिनुभयो ।DSC_0066

पहिलो दिनको मतगणनाको गति, जनशक्ति र पुर्वाधारको अवस्था अनुसार गणक टोली बढाइने कोईरालाले बताउनुभयो । पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)को सकिएपछि समानुपातीकतर्फको मतगणना गर्ने कार्यतालीका छ । मतगणना स्थलमा उपस्थित हुने उमेद्वार वा दलका प्रतिनिधिले मतपत्र छुन नसक्ने गरी तारजाली लगाइएको छ ।

मतगणनाको निगरानी गर्न सिसी टिभी क्यामेरा जडान भएको छ । मतगणनाका लागि एउटा समूहमा दश जनाका दरले कर्मचारी खटाइने भएको छ । ९० जना कर्मचारी छनौट भएका छन् । मंसिर २६ गतेभित्र मतगणना सकीने सहायक निर्वाचन अधिकृत राजु ढुङ्गानाले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमै मतपेटीका राखिएको छ भने मतगणना पनी सोही भवनमा हुने भएको छ । मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको परिचयपत्र भएका बाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो ।

मोवाईल लैजान पनि प्रतिबन्ध लगाइएको छ । मतगणना सुरु भएदेखि नसकिँदासम्म जिल्ला प्रशासन कार्यालयदेखि श्रीबक्स गुल्मको पोष्ट रहेको क्षेत्रमा सवारी आवागमन बन्द गरि समूहमा हिडडुल गर्न र भेला हुन प्रतिबन्ध लगाइएको प्रनाउ खड्काले बताउनुभयो ।

एक नगरपालीका, ५ गाउँपालीका, ४५ वटा वडा भएको म्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना उमेद्वार चुनावी प्रतिस्र्धामा छन् । मतदान भएको एघार दिनपछि मतगणना गर्ने तयारीसंगै उमेद्वार, नेता, कार्यकर्ता र आम सर्वसाधारणमा उत्सकुता छाएको छ ।