ताकमवासीले गरे सहयोगदातालाई गाउँमा भव्य स्वागत

सन्तोष गौतम/विकल्प न्यूज
ताकम १६ मंसिर ।   Takam Mavi Buildingम्याग्दीको धौलागिरी गाउँपालिका ७ मा रहेको ताकम माविको नवनिर्मीत भवनको एक समारोहका बिच उद्घाटन गरिएको छ ।

विद्यालयमा आयोजित समारोहमा भवन निर्माणमा आर्थिक सहयोग गर्ने बेल्जीयमको विकास एशोसीयसन बेल्जीयमका अध्यक्ष बेट्टी मौरीक्स र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

दुई तले दश कोठे सो भवन निर्माणका लागि हाल बेल्जीयममा रहनुभएका ताकमका ज्ञानबहादुर विश्वकर्मा र यामबहादुर विश्वकर्माको पहलमा विकास एशोसीयसन बेल्जीयमले ७२ लाख ६६ हजार ७३ रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

यसैगरी स्थानीय बासिन्दाले ४३ लाख ३७ हजार ७४४ रुपैयाँ बराबरको योगदान गरेका विद्यालयका प्रअ कपील सुवेदीले जानकारी दिनुभयो । वि.स २०६७ देखि भवन निर्माण सुरु भएको थियो । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा दुई सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

पक्कि सुबिधासम्पन्न भुकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएपछि पठनपाठनमा समेत सहज भएको छ । सोसंगै जिल्ला शिक्षा कार्यालयको सहयोगमा दुई कोठे अर्को भवन र छात्रामैत्री शौचालय समेत निर्माण भएको छ ।Takam Mavi Building (12)विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीको अध्यक्षता र शिक्षक ओमकार पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रअ सुवेदीले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, वडा अध्यक्ष कलानिधी सुवेदी, जनप्रतिनिधि र राजनितिक दलका प्रतिनिधिहरुको को समेत उपस्थिीती रहेको थियो ।Takam Mavi Building (11)सहयोगदाता संस्थाका अध्यक्ष मौरीक्सलाई ताकमबासीले फुलमालाले भब्य स्वागत गरेका थिए । यसैगरी भवन निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग गर्ने स्थानीयबासीहरुलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।

मौरीक्सले दुर्गम ग्रामिण क्षेत्रका बालबालीकाको शिक्षामा सहयोग पुगेकोमा खुसी व्यक्त गर्नुभयो । विकास एशोसियन बेल्जीयमले यसअघि बेनीमा जिल्ला अस्पताल परिसरमा रक्तसञ्चार भवन र कालीपुल देखि मल्लाजको डिलफाँट जोड्ने पक्कि पदमार्ग निर्माणमा समेत आर्थिक सहयोग गरेको थियो । तस्विर कृष्णराज पौडेल