म्याग्दीको निर्वाचन ः मतदान स्थलमा पुग्दै कर्मचारी(फोटोफिचर)

विकल्प न्यूज/बेनी
मंसिर ७ गते । DSC_0019

nirbachan ma karmachari khataun suruआगमी आइतवार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका खटिएका कर्मचारीहरु निर्वाचन सामाग्री बुझेर मतदानस्थल तर्फ खटिन थालेका छन् ।DSC_0266मतदान सामाग्री सहित सुरक्षाकर्मीको साथमा कर्मचारीहरु कार्यक्षेत्रमा प्रस्थान गरेका हुन् । चुनावका लागि म्याग्दीमा आठसय ४७ जना कर्मचारी नियुक्त गरिएको छ । यसैगरी चारसय २२ जना स्वमसेवक खटाइएको छ ।DSC_0021  सदरमुकामबाट दुइदिन लाग्ने धौलागिरि गाउँपालिका १ गुर्जाका लागि कर्मचारीहरु बुधवार सामाग्री बुझेर प्रस्थान गरेका छन् । यसैगरि धौलागिरिकै मुना,मुदी र लुलाङ खटिएका कर्मचारी पनि बुधवारै त्यसतर्फ प्रस्थान गरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  DSC_0257 DSC_0260यस्तै मालिका गाउँपालिका ५ मल्कवाङ,चिमखोला र कुइनेमङगले खटिएका कर्मचारीले पनि सामान बुझेर विहिवार प्रस्थान गरेका छन् । सदरमुकाम बाट नजिक रहेका मतदान स्थलहरुमा पनि आजै कर्मचारी पुग्ने छन् ।DSC_0013प्रतिनिधिसभामा एक, प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन् । एक नगरपालिका र ५ वटा गाउँपालिका रहेको यस जिल्लामा ७२ मतदान स्थल र एकसय ६ मतदान केन्द्र कायम गरिएको छ । १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य