म्याग्दी सेवासमाज कतारका सदस्य बरुवाललाई बिदाई

तिलु शर्मा / विकल्प
दोहाकतार, पुस १ गते । लामो समय देखि कतारमा रोजगारी गरेर वस्नुभएका मनक वरुवाललाई म्याग्दी सेवा समाज दोहाकतारले विदाई एवम् सम्मान गरेको छ । समाजका कार्यसमिति सदस्य समेत रहेका वरुवाल आफ्नो जन्म घर म्याग्दी फर्किदै हुनुहुन्छ ।

12389171_10153806857873599_828094618_o

विदाइ कार्यक्रममा जिल्लाको सामाजिक कार्यमा पु¥याउनुभएको योगदानको कदर गर्दै बरुवाललाई सम्मान गरिएको थियो ।
मंगलबार साझ सल्वा रोडमा अबस्थित निलिमा रेस्टुरेन्टमा म्याग्दी सेवा समाज कतारको एक बिशेष कार्यक्रमका बीच बरुवाललाइ विदाई गरिएको हो । लामो समय देखि कतारलाई कर्म थलो बनाउँदै आउनु भएका बरुवालले समाजका हरेक गतिविधिमा प्रत्यक्ष संलग्न हुनुहुन्थ्यो ।

बिदाइ कार्यक्रममा बोल्दै सस्थाका सल्लाहाकार रमेश पौडेलले बरुवालले घार खिबांग सेवा समाज संग म्याग्दी सेवा समाजलाई जोड्ने एउटा पुलको काम गरेको बताउनुभयो ।

समाजका संरक्षक प्रेम रसाइलीले सस्था प्रति गर्नु भएको योगदानको मुक्तकण्ठले प्रसंसा गर्दै कतारमा सिकेको सिप प्रविधिलाई स्वदेशमा पुगेर व्यवहारमा प्रयोग गरी बिदेसिन लागेका युवालाई मार्गदर्शन बनोस भन्दै सुभकामना सहित सफल यात्राको कामना गर्नभएको थियो । 12358278_10153806857868599_1571501287_n
यस्तै सरक्षक बिक्रम कार्कीले सबैले एक दिन कतारलाई सदा सदाको लागि छाड्नु पर्ने भन्दै तपाइले सिकेको सिप लाइ प्रयोग गरी बाँकी जिबनलाई स्वदेसमै सुखमय बनाउन सफल हुनुहुनेछ भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।
साथै उक्त कार्यकर्ममा बोल्दै बरुवालले आफुले कतारलाई सदाको लागि छाडेर गए पनि समाज सेवामा लागि सधै प्रतिबद्ध हुने बताउनुभयो ।

बरुवालले समाजले गर्दा नै आफनो इस्टमित्र बढेको र आजको यस सम्मानले आफुलाई झन् सामाजिक सेवा गर्ने आफनो चाहना बढेको भन्दै खुसि ब्यक्त गर्नुभयो ।
नेपालमा रहदा पनि समाज र समाजले अगाडि सारेका सबै सामाजिक कार्यहरुमा सधैं सक्रिय रहने उहाले स्पस्ट पार्नु भयो ।

समाज संग जोडिएका हरेक पल आफनो लागि जिबनमा अविस्मरणीय हुनेछन भन्दै आफुले कतारलाई धेरै सम्झीरहने बताउनु भयो ।

महासचिब तिलु शर्माले संचालन गर्नु भएको कार्यकर्मको अध्यक्षता म्याग्दी सेवा समाज कतारका कार्यवाहक अध्यक्ष बालकृष्ण आचार्यले गर्नुभएको थियो । वरुवालको स्वदेस बसाई सदा शुखमय रहोस् भन्दै म्याग्दी सेवा समाज कतारले शुभकामना साथै सफल यात्राको कामना गरेको थियो ।