धौलागिरिमा काँग्रेस परित्याग गरि २ सय कार्यकता वाम गठबन्धनमा प्रवेश

विकल्प न्यूज /बेनी
मंसिर ३ गते । takam bam3योजना आयोगका पुर्व उपाध्यक्ष मिन बहादुर श्रेष्ठले जनमुखि विकास लागि कम्युनिष्ट सरकार आवश्यक रहेको बताउनुभएको छ ।
धौलागिरि गाउँपालिका ताकममा एमाले र माओवादी केन्द्रको सयुक्त बामगठबन्धनले आयोजना गरेको गाउँपालिकास्तरिय चुनावी सभामा बोल्दै श्रेष्ठले काग्रेसले अख्तियार गरेको संसदिय ब्यवस्थानै नेपालको विकासको बाधक भएको बताउनुभयो ।
कम्यूनिष्टहरुले जनतालाई सहभागि गराएर १ करोड लगानीमा तिन करोडको काम हुने नीति बनाएको उहाँले भन्नुभयो । काँग्रेसले १ करोड योजनामा ठेगदारी प्रथालाई निरन्तरता दिदाँ ५० लाखको काम नहुने अवस्था सिर्जना भएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, श्रमको सम्मान गर्ने कम्युनिष्टको नीति भएको जोडदिनुभयो ।

सोही कार्यक्रममा प्रदेशसभा सदस्य क्षेत्र ख की एमालेकी उम्मेद्वार नरदेवी पुनले बेनी दरवाङ सडकलाई कालोपत्रे गर्ने, दरवाङ ताकम हुदै ढोरपाटन सडक जोड्ने, खानी उत्खन्न, पर्यटन, कृषिको विकास मार्फत रोजगारीको सिर्जना गरी समृद्ध जिल्ला बनाउने बताउनुभयो ।
एमाले र माओवादी अग्रसरतामा संविधानले दलित, महिला, जनजाती लगायतको पक्षमा काम धेरै गरिसकेको हुँदा त्यसलाई पुर्णता दिन वामगठबन्धनको जित आवश्यक रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गोविन्द पौडेलले म्याग्दीको सडक, शिक्षा, स्वास्थ्य, संचार, पर्यटन, जलस्रोत र कृषि क्षेत्रको विकासका लागि अहिलेसम्म कम्युनिष्टको नेतृत्व गर्दै आएको बताउदै सो योगदानलाई मूल्याकंन गर्दै अलमलमा नपरि वामगठबन्धनलाई भोट हालेर जिताउन आग्रह गर्नुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले नेपाली काग्रेसको उम्मेद्वार बेलायतको पिआर पासपोट भएको हुदाँ जितेपनि उनी टुरिष्ट उम्मेद्वार हुने हुदाँ उनलाई मतदान नगर्न मतदातालाई आग्रह गर्नुभयो । माओवादी केन्द्रका नेता देवराज सुवेदी र एमालेका नेता देउप्रसाद छन्त्यालले एमाले माओवादीको चुनावी तालमेलमात्र नभएर पाटी एकता हुनेमा ढुक्क हुन जनतालाई आग्रह गर्नुभयो ।

एमाले युवा नेता कृष्णकुमार विश्वकर्मा र स्वतन्त्र वामगठबन्धनका युवा नेता रेशम जुग्जालीले म्याग्दीका जनता धेरै सचेत भएकाले जातीय नारा, पैसा, भ्रमको खेती र डरधम्कीमा नपर्न बामगठबन्धनलाई आग्रह गरे ।

सो कार्यक्रममा नेपाली काँग्रेसबाट वामगठबन्धनका प्रवेश गरेका धनबहादुर विक काँग्रेसले नेपाली जनताको काम गर्न नसकेकोले कम्युनिष्टनै नेपाली जनताको आधार भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरेर गाउँपालिकाका २ सय जना कार्यकता वामगठबन्धनमा प्रवेश गरेका हुन् । सो कार्यक्रममा माओवादी केन्द्र यमन रोकाको अध्यक्षता, गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको स्वागत र एमालेको होमबहादुर थापाको संचालनमा सम्पन्न भएको आमसभामा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । यसै गरि नेपाली काँग्रेस परित्याग गरि दुइसय कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रममा अविर र फुलमालाले स्वागत गरिएको थियो