ताजा समाचार:
Search

दिवंगत अभिभावकको स्मृतीमा विद्यालयलाई सहयोग

गोपाल आचार्य/ताकम
ताकम २ मंसिर ।Takam Mavi (1)म्याग्दीको धौलागिरी गाउँपालीका ७ मा रहेको ताकम माविलाई एक प्रवासीले नगद र प्रबिधिको सामाग्री सहयोग गरेका छन् ।

साविक ताकम गाविस ३ घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका ऋषीनाथ सुवेदीले शुक्रबार नगद १ लाख र पचास हजार रुपैया मूल्य बराबरको एक थान ल्यापटप सहयोग गर्नुभएको हो ।

दिवंगत बुवा हरिलाल र आमा तुलसी सुवेदीको स्मृतीमा विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सहयोग उपलब्ध गराएको सुवेदीले बताउनुभयो । सहयोगदाता सुवेदीले सहयोगको सदुपयोग गरि विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभयो ।

प्राप्त आर्थिक सहयोग विद्यालयको भौतिक सुधार र निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन गरिने विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीको अध्यक्षता, शिक्षक हरिहर पौडेलको सञ्चालन र निमित्त प्रअ कपिलप्रसाद सुवेदीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा सदस्य देवबहादुर थापा, शिक्षक अभिभावक संघका ओमबहादुर घिमीरे र प्रेमबहादुर थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।