ताजा समाचार:
Search

दाना काँग्रेसमा पहिरो गयो, वाम गठबन्धनमा प्रवेशको लहर

विकल्प न्यूज/बेनी
मंसिर १ गते ।

नेपालका प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्ने घोषणा सहित तालमेल गरेर आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा होमीएपछि म्याग्दीको उत्तरी क्षेत्रमा बाम गठबन्धन प्रवेशको लहर चलेको छ ।

अन्नपूर्ण गाउँपालिका ३ दानाका नेपाली काँग्रेसका सक्रिय कार्यकर्ताहरु शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस परित्याग गरि एमाले प्रवेश गर्नेहरुमा कविन तुलाचन, खिम गुरुङ, आशिश थापा, नरबहादुर थापा, सन्तोष भुजेल, बिवेक गर्बुजा, कुमार थापा, प्रदिप तिलीजा, पूर्णबहादुर थापा, सुकबहादुर गुरुङ लगायत रहेका एमालेका प्रदेश क्षेत्र क निर्वाचन परिचालन समितिका संयोजक सन्तोष रावलले जानकारी दिनुभयो ।23559520_1864251257220003_2986031552641500869_nपुर्व जिविस सभापति चक्र तुलाचनका छोरा कबिन दानाका अगुवा हुनुहुन्छ । उनिहरुलाई नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापा, बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उमेद्वार भुपेन्द्र थापा, माओवादी केन्द्रका प्रदेशसभा क्षेत्र कका उमेद्वार बिनोद केसीले स्वागत गर्नुभएको थियो ।

आमसभालाई सम्बोधन गर्दै एमालेका पोलीट ब्युरो सदस्य थापाले बर्षौदेखि पछि परेका महिलालाई राज्यको सर्वच्च तहमा पुग्ने संवैधानिक अधिकार एमाले माओवादीको पहलमा भएको बताउँदै महिलाहरुको हक अधिकारलाई सुरक्षित गर्न बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
एमालेका प्रतिनिधिसभा सदस्यका उमेद्वार भुपेन्द्र थापाले राजनितिक अधिकार प्राप्तीको लडाई संबिधान जारीसंगै सकिएर अब देश निर्माणको युगमा प्रवेश गरेकाले देश निर्माण कार्यमा युवालाई परिचालन गरि रोजगारी सिर्जना गराउन बाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो ।

प्रदेशसभा क्षेत्र कका माओवादी केन्द्रका उमेद्वार बिनोद केसीले पर्यटन, जलविद्युत र जडिवुटीका हिसाबले अन्नपूर्ण गाउँपालीका प्रदेश नम्बर ४ कै सम्भावनायुक्त भएकाले त्यसलाई परिचालन गरि रोजगारी सिर्जना गराउन बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले विकासका लागि प्रमुख आधार राजनितिक स्थिरता कायम गर्न यस पटकको चुनावमा एमाले माओवादीको बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । बेनी जोमसोम कोरला सडक, कालीगण्डकी कोरीडोर प्रशारण लाईन, दाना सब स्टेशन आयोजना एमाले माओवादी सरकारको पहलमा भएकाले त्यसलाई सफल बनाउन बाम गठबन्धनलाई जिताउन वत्ताहरुको आग्रह थियो ।

संयुक्त निर्वाचन परिचालन समितिका संयोजक जितबहादुर पुर्जाको अध्यक्षता, वुद्धी पुनको सञ्चालन र दुर्गादेवी पाईजाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा एमालेका नारायण पुन, सुवास बिक र वडा अध्यक्ष नरसिङ पुनले एमाले माओवादीको तालमेल तथा पार्टी एकता देशको आवश्यकता र नेपालीको चाहना अनुसार भएको बताउनुभयो ।