गलेश्वरमा शतबीज छर्नेको घुइँचो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १ मंसिर ।IMG_0843म्याग्दीको बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा शतबीज छर्नका लागि शुक्रबार झक्तजनको घुइँचो लागेको छ ।
बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ । कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका बीउ छर्ने प्रचलन रहेको छ । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् ।

galeshowr newगलेश्वरमा सतबिज छर्नका लागि म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, स्याङ्जा, तनहुँ, रुपन्देही र राजधानी काठमाडौबाट समेत भक्तजनहरु आएका थिए । द्वापरयुगमा सतिदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबीज छर्नका लागि हजाराँै भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुलीले जानकारी दिनुभयो ।

पुजा व्यवस्थापन र सुरक्षाका लागि प्रहरीका साथै स्वमसेवकहरु परिचालन गरिएको थियो । गलेश्वरमा पुजाआजाका साथै बालाचर्तुदर्शीको अवसरमा घुम्ती ब्यापार मेला समेत लाग्ने गर्छ । कपडा, भाँडावर्तन, काठका ठेका, डोका, नाङ्ला लगायतका सामाग्रीको किनमेल गर्नेहरुको चहलपहल बढेको छ ।