ताजा समाचार:
Search

घतानमा आमसभा ः म्याग्दीको विकासको लागि वाम उम्मेद्वारलाई मतदान गर्न आग्रह

विकल्प न्यूज/बेनी
म्याग्दी २५ कात्तिक ।

Ghatan uml maobadi (3)मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शनिवार बेनी नगरपालीका ९ नेप्टेचौरमा चुनाबी आमसभा सम्पन्न गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातीक उमेद्वार थममाया थापाले परिवर्तनको संस्थागत गर्दै विकास र समृद्धिको बाटोबाट मुलुकलाई विकसीत बनाउन बाम गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले मुलुकमा आएका हरेक परिवर्तनहरु कम्युनिष्टहरुको संघर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै विकसीत र समतामुलक समाज निर्माणको अभियानलाई सफल बनाउन बाम गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनुपर्नेमा जोड दिनुभयो । bam myagdiकार्यक्रममा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उमेद्वार एमालेका भुपेन्द्रबहादुर थापाले नेपाली जनताको भावना र आवश्यकता अनुसार एमाले माओवादीबीच चुनावी तालमेल र लगत्तै पार्टी एकिकरण गर्ने सहमती भएको बताउँदै जिल्लासंगै मुलुकको विकासलाई सहि मार्गमा डोहो¥याउनका बाम गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले म्याग्दीलाई ५ बर्षमा विकास मार्फत कस्तो बनाउने भन्ने योजना बाम गठबन्धनका उम्मेद्वारहरुले तयार गरिसकेको उल्लेख गर्दै कम्युनिष्टहरुको नेतृत्वविना मुलुकमा भष्ट्राचार नियन्त्रण र समृद्धि सम्भव नहुने बताउनुभयो ।

कार्यक्रममा गठबन्धनबाट प्रदेशसभा क्षेत्र (क)का उमेद्वार माओवादी केन्द्रका बिनोद केसीले म्याग्दीका बासिन्दाको राज्यले प्रदान गर्ने सेवा सुबिधामा पहुँच बढाउने, निती निर्माण तहमा युवाको प्रतिनिधत्वका साथै म्याग्दीमा रहेका प्राकृतिक स्रोत साधनलाई परिचालन गरि रोजगारी सिर्जना गर्न बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । उहाँले आफ्नो प्रतिद्धन्द्धीको रुपमा रहेका उम्मेद्वारले मुलुकमा फेरी राजतन्त्र ल्याउने एजेण्डा अगाडी सारेको उल्लेख गर्दै लामो संघर्ष र बलिदानबाट प्राप्त संघिय गणतन्त्रलाई कार्यान्वयन हुन नदिने शक्तिलाई जनताले पाखा लगाउने समेत बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ, नेकपा एमालेका जिल्ला सचिब बालकृष्ण सुवेदी, माओवादी केन्द्रका युवा नेता टेकबहादुर विश्वकर्मा, बामपन्थी नेता तथा मालीका गाउँपालीका ७ बिमका वडा अध्यक्ष रेशम जुग्जाली, बेनपा–९ का वडा अध्यक्ष बेलबहादुर चोखाल, युवा संघका केन्द्रिय सचिबालय सदस्य कृष्णकुमार विश्वकर्मा लगायतले विकासका लागि राजनितिक स्थिरता प्रमुख आधार भएकाले बामपन्थीहरुको दुई तिहाई बहुमतको सरकार निर्माणको लागि बामगठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गर्नुभयो । रुद्र रेग्मीको अध्यक्षता, सन्दिप खत्रीको स्वागत र सुवास विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । काँग्रेस र राप्रपाबाट बाम गठबन्धनमा प्रवेश गरेका १ दर्जन स्थानीय युवाहरुलाई स्वागत गरिएको कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत राखीएको बाम गठबन्धन प्रचार समितिले जनाएको छ ।