ताजा समाचार:
Search

लोकतान्त्रिक गठबन्धनको मुनामा चुनावी आमसभा, मुदीमा भेटघाट

विकल्प न्यूज/बेनी
कार्तिक २५ गते ।

23548160_1528332933914651_2136995299_n धौलागिरि गाउँपालिका–३ मुनामा शनिबार लोकतान्त्रिक गठबन्धनले चुनावी आमसभा सम्पन्न भएको छ । आगामी मंसिर–१० गने हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचनलाई लक्षित चुनावी आमसभालाई सम्बोधन गदैं निर्वतमान सांसद रेशम बहादुर बानियाँले पश्चिम म्याग्दीको विकासमा लोकतान्त्रिक गठबन्धन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

धौलागिरि गाउँपालिका भित्र रहेका सम्भावना र आवश्यकताका बारेमा जानकार रहेको बताउँदै बानियाँले सबै वडामा सडक सञ्जाल विस्तारका लागि आफ्नो कार्यकालमा सम्बन्धित मन्त्रालयमा पहल गरेकाले आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले विजय प्राप्त संगै योजनालाई अगाडी बढाउने बताउनुभयो । मुना गाउँमा भएको आमसभामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् पार्टी जिल्ला सभापति खम्बीर गर्बुजाले ब्यक्तिगत स्वार्थभन्दा माथी उठेर जिल्लाको विकासमा केन्द्रित हुने बताए । ncप्रदेशसभा ख का उम्मेदवार क्याप्टेन अमलाल फगामीले आफ्नो निर्वाचन क्षेत्रका हरेक समस्याका बारेमा जानकार रहेको बताए । ‘मैले प्राप्त गर्ने सुविधाले गरिव जनताको घरमा उज्यालो भित्राउने छु । भाषण भन्दा पनि जनताले सधै सम्झने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु’ फगामीले भन्नुभयो । आमसभामा आमसभामा समानुपातिक उमेद्वारद्धय त्रिलोकचन्द बिश्वास बिक, विमला गौचन, राप्रपाकी समानुपातिक उम्मेदवार दिलमायाँ छन्त्याल, सल्लाहकार खिम बहादुर पुर्जा, महाधिवेशन सदस्यद्धय तम बहादुर थापा,भरत रकाल, नेपाली कांग्रेस म्याग्दीका कार्यसमिति सदस्य अजयमिलन श्रेष्ठ,तरुण दल अध्यक्ष मुकुन छन्त्याल, आमन्त्रित जिल्ला कार्यसमिति सदस्य सक बहादुर मल्ल, म्याग्दी काठमाण्डौ सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष कमानसिंह पुन लगाएतले सम्बोधन गर्नुभएको थियो ।
सभामा मुना, दर, लुलाङ, लम्सुङ लगाएतका क्षेत्रबाट प्रवेश गरेकालाई सदस्यता वितरण गरिएको नगेन्द्र मल्लले जानकारी दिनुभयो । आमसभाको अध्यक्षता मुना इकाई सभापति डम्बर बहादुर भण्डारी, स्वागत देबेन्द्र रोका र सञ्चालन तरुण दल सहसचिव नगेन्द्र मल्लले गरेका थिए । यसैविच मुदीमा समेत मतदाता भेटघाट तथा छलफल सम्पन्न भएको छ । गाउँकार्यसमितिका अध्यक्ष हस्त बहादुर पुनको अध्यक्षता, प्रथम धौलागिरि यूवा क्लवका अध्यक्ष घन बहादुर रोकाको सञ्चालनमा मुदी र खिवाङ गाउँमा सम्पन्न भएको भेटघाटमा चुनावी तयारी तथा समस्याका बारेमा जानकारी गराइएको थियो ।