ताजा समाचार:
Search

ताकममा काँग्रेसको चुनावी आमसभा

विकल्प न्यूज/बेनी
कार्तिक २४ गते ।

nc (4)प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले विकास निर्माणको क्षेत्रमा पछाडी परेको पश्चिम म्याग्दीको सुन्दर भविष्यका लागि निरन्तर सक्रिय हुने बताएका छन् । आगामी मंसिर–१० गने हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्बाचनलाई लक्षित चुनावी आमसभा शुक्रबार ताकममा सम्पन्न भएको छ ।

लोकतान्त्रिक गठबन्धनले शुक्रबार धौलागिरि गाउँपालिका–७ ताकममा आयोजित चुनावी आमसभालाई सम्बोधन गदैं गर्बुजाले जिल्लाबासीको आवश्यकतालाई मध्यनजर गरी विकास निर्माण सहितको योजनालाई प्राथमिकता दिने आफुँले विभिन्न योजनाहरु बनाएको बताउँदै आगामी पाँचबर्ष जनप्रतिनिधिको हैसियतामा काम गर्ने अवसर दिन मतदातालाई अनुरोध गरे ।

‘मेरो एउटै मान्यता छ, पहुँच भन्दा आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्छ’ गर्बुजाले भने । उनले जिल्लाको दुर्गम क्षेत्रको विकास लागि राज्यका योजना बाहेक पनि धेरै काम गर्न सकिने बताउँदै सांसदको तलबभत्तालाई जनताको गरिवीका कारण शिक्षा, स्वास्थ्य लगाएतका अति आवश्यकता पुरा गर्न नसकेका जनताको सेवामा खर्च गर्न सकिने बताए । त्यस्तै प्रदेशसभा सदस्य ‘ख’ का उम्मेदवार क्याप्टेन अमलाल फगामीले राजनीतिमा नयाँ भनेर आफ्नो आलोचना गर्ने गरिएको बताउँदै आफ्नो क्षेत्रका जनताले अहिलेसम्म नगरेको चमत्कारी विकास गर्ने प्रतिबद्धता ब्यक्त गरे । nc (11) (1)‘मेरो राजनीति जीवन धेरैलाई थाहा छन्, जनताको सुखदुखमा लामो समयदेखी सक्रिय छु’ फगामीले भने। उनले प्रदेश नम्बर २ अन्र्तरगत मंगला, मालिका, धौलागिरि गाउँपालिकाका हरेक गाउँबस्तीका जनताको समस्यालाई समाधान गर्ने गरी अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना तयार पारिएको बताए । मैले गुर्जाका जनताको पनि समस्या बुझेर आएको छु, अवको दुईबर्षभित्र हाम्रो क्षेत्रका धेरै समस्याहरु समाधान हुन्न्छन्’ फगामीले भने । उनले संसदको सेवासुविधालाई समेत जनताको हितमै खर्च गर्ने गरी अक्षय कोषको स्थापना गरिने बताउँदै कुनैपनि मतदाताका छोराछोरीले शिक्षा, स्वास्थ्य र आधारभुत आवश्यकताबाट बन्चित हुन नपर्ने बताए ।

आमसभाका प्रमुख अतिथि एवम् निर्वतमान सांसद रेशम बहादुर बानियाँले धौलागिरि गाउँपालिकामा भित्रिएका धेरै योजनाहरु आफ्नो प्राथमिकतामा आएको बताए । उनले कृषि, पशुपालन,पर्यटन, जलविद्युत र जडिबुटी लगाएतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजय बनाउन मतदातालाई अनुरोध गरे । ‘उहाँहरूको भिजनलाई कार्यान्वयन गर्न दिनुहोस्, एकपटक जनप्रतिनिधिको हैसियतामा काम गर्ने अवसर दिनुहोस्’ बानियाँको भनाई उद्धित गदैं मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोकाले भने ।
पश्चिम म्याग्दीका नियमित बाहेक पनि विभिन्न दातृनिकायबाट समेत अतिरिक्त बजेट ल्याउन सक्ने क्षमता भएका उम्मेदरबारहरुबाट केहीबर्षकै आधारभुत आवश्यकता पुरा गर्न सकिने बानियाँले बताएका थिए । आमसभामा समानुपातिक उमेद्वारद्धय त्रिलोकचन्द बिश्वास बिक, म्याग्दी उद्धार समिति बहराईनका निर्वतमान अध्यक्ष तेजेन्द्र थापा, नेपाली कांग्रेस म्याग्दीका कार्यसमिति सदस्य अजयमिलन श्रेष्ठ, मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका लगाएतले सम्बोधन गरेका थिए।

आमसभामा धारापानीका माओवादी केन्द्रका यूवा किसान पुन, म्याग्दी उद्धार समिति बहराईनका निर्वतमान अध्यक्ष तेजेन्द्र थापा, स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका उपप्रमुख उम्मेदवार रीषिराम सुबेदी, ताकम,मच्छिम,सिवाङ, हिलापोखरी,काफलडाँडा लगाएतका क्षेत्रबाट २ सय १० जना नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा परित्याग गरी काग्रेसमा प्रवेश गरेकालाई प्रमुख अतिथि, विशिष्ट अतिथि लगाएतले पार्टीको सदस्यता दिएर स्वागत गरेका थिए । आमसभाको सभापति क्या मन बहादुर भण्डारी, स्वागत महाधिवेशन प्रतिनिधि तम बहादुर थापा र सञ्चालन नगेन्द्र मल्लले गरेका थिए ।