म्याग्दीका उम्मेद्वारका प्राथमिकता

सन्तोष गौतम/नवविकल्प
कार्तिक २३ गते । for online newsमंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रतिस्पर्धामा उत्रिएका म्याग्दीका उम्मेदवारहरुको प्राथमिकता समान देखिएको छ ।

एमाले–माओवादी केन्द्रको वाम र काँग्रेस–राप्रपाको लोकतान्त्रीक गठबन्धनको राजनीतिक एजेण्डा फरक भएपनि स्थानीय एजेण्डा प्रायः समान छन् । दुवै गठबन्धनका उम्मेदवारहरुले सडक, जलस्रोत, पर्यटन र कृषिको विकास, शिक्षा, स्वास्थ्य सेवाको गुणस्तर सुधारका मुद्दालाई प्राथमिकतामा राखेका छन् । bam myagdiनेपालको विकास र सम्बृद्धिका लागि राजनीतिक स्थिरता कायम गर्न तालमेल तथा पार्टी एकताको घोषणा गरेका एमाले माओवादीको वाम गठबन्धनले जिल्ला स्तरमा प्रतिवद्धतापत्र सहित मतदातासंग पुगेका छन । वाम गठबन्धनको नाममा अधिनायकबाद लाद्न खोजेको आरोप लगाएको काँग्रेस राप्रपाको लोकतान्त्रीक गठबन्धनले जिल्ला स्तरमा प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेका छैनन् । प्रतिवद्धता– पत्र विनानै लोकतान्त्रीक गठबन्धन चुनावी प्रचारमा निस्केको छ ।

 वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापाले म्याग्दीको विकासका लागि निर्माण भएका सडकको स्तरवृद्धि, व्यवस्थित र सुधार, सडक नपुगेका बस्तीमा सडक पु¥याउने, मोटरेबल पुल निर्माण गर्न प्राथमिकता दिने बताउनुभयो ।  Bam Gathabandhan Umedbar
तातोपानी कुण्डहरुलाई व्यवस्थित गरी प्राकृतिक उपचार केन्द्र र म्याग्दी हुँदै कोरला नाका जोड्ने कालीगण्डकी कोरीडोर आयोजना निर्माण सम्पन्न भएपछि जिल्लालाई पर्यटकीय स्थलको रुपमा समेत विकास गर्न सकिने थापाको भनाई छ । बिम मराङ मल्कवाङ हुँदै पाखापानी जोड्ने सडकलाई पूर्णता दिई चक्रपथको रुपमा विकास गर्ने थापाले बताउनुभयो ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रतिनिधिसभाका उम्मेदवार खम्बिर गर्बुजाले कच्चि अवस्थामा रहेका सडकलाई सुधार गरी यातायात सेवालाई व्यवस्थित बनाउन प्राथमिकता दिने बताउनुभयो । यसैगरी धार्मीक पर्यटकीय स्थलमा पूर्वाधार निर्माण र जलविद्युत आयोजना निर्माणका लागि लगानी भित्र्याउने वातावरण बनाउने गर्बुजाको भनाई छ । उहाँले खानेपानी र विद्युत विस्तार गर्ने तथा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न प्राथमिकता दिने बताउनुभयो ।
ncप्रदेशसभा क्षेत्र (क)मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका नेता बिनोद केसीले रोजगारी सिर्जना गरी जिविकोपार्जनका लागि बिदेशिनुपर्ने युवाहरुको समस्या कम गर्न प्राथमिकता दिने बताउनुभएको छ । पर्यटन, जलविद्युत, कृषि, जडिवुटी क्षेत्रमा रहेको सम्भावनाको पहिचान र व्यवस्थित गरी लगानी भित्र्याई रोजगारीको अवसर सिर्जना गर्न सकिने केसीको भनाई छ ।

उहाँले शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकता राज्यको प्राथमिकताको विषय भएको बताउँदै म्याग्दीमा भएको सम्भावनालाई व्यवस्थित तरिकाले परिचालन गर्न सकेमा सम्बृद्धि हाँसील गर्न सकिने बताउनुभयो ।

प्रदेशसभा क्षेत्र (क)का राप्रपाका उम्मेदवार भिमप्रसाद गौचनले पाँच वर्ष भित्रमा मालढुङ्गा बेनी सडक चार लेनको बनाउने, सबै वडा कार्यालयसम्म ग्राभेल सडक पु¥याउने, घरघरमा खानेपानी र निशूल्क ईन्टरनेट सेवा पु¥याउने महत्वाकांक्षी आश्वासन बाँड्नुभएको छ । पञ्चायतको कालमा २४ वर्षसम्म म्याग्दीको राजनीतिको नेतृत्व गरेका गौचनले त्यसबेला गरेका कामको जस लिँदै आफ्नो जन्मथलो पाखापानीमा क्याम्पस खोल्ने, पर्यटकीय स्थलहरुमा सडक पु¥याउने, झोलामा कब्जा गरेर राखिएका खोलाहरु खोसेर जलविद्युत आयोजना निर्माणलाई तिब्रता दिने गौचनले घोषणा गर्नुभएको छ ।

bhim prasad gauchanउहाँले म्याग्दीमा निर्माण हुने जलविद्युत आयोजनाको प्राबिधिक बाहेकको काममा जिल्लाकै बासिन्दाले मात्र रोजगारी पाउने नीतिगत व्यवस्था समेत गर्ने बताउनुभयो । प्रदेशसभा क्षेत्र (ख)मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी एमालेका नेता नरदेवी पुनले संबिधानमा महिलाको हक अधिकारका लागि भएका व्यवस्थाको कार्यान्वयनमा नेतृत्व गर्नु आफ्नो प्रखुम राजनीतिक मुद्दा भएको बताउनुभयो ।

उहाँले राज्यमन्त्री हुँदा आफूले डिपीआर तयार पार्न लगाएको, माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ र प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत माओवादी नेता पुनम खड्काको पहलमा कार्यान्वयनको चरणमा रहेको बेनी–दरवाङ सडक आयोजनालाई प्रभावकारी बनाउने, दरवाङ–ताकम–ढोरपाटन सम्म सडक पु¥याउने र धौलागिरी पदमार्गलाई व्यवस्थित बनाउन प्राथमिकता दिने बताउनुभयो ।

राज्यमन्त्री हुँदा तातोपानी पखेर, बाबियाचौर अर्मन र भारवाङ ताकम जोड्ने मोटरेबल पुलका लागि पहल गरेको बताउँदै उक्त पुल निर्माण गर्ने र स्थानीय स्रोत साधनमा आधारीत उद्यम व्यवसायको प्रर्वद्धन गरी रोजगारी सिर्जना गराउने वातावरण बनाउने बताउनुभयो ।

nardevi and amlal fagamiप्रदेशसभा क्षेत्र (ख) मा काँग्रेसका उम्मेदवार अमलाल फगामीले पश्चिम म्याग्दीको गुणात्मक विकास गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । सडकलाई व्यवस्थित, सुधार गर्ने, खानेपानी र विद्युत सुबिधा विस्तार गरी जनताको दैनीकीमा सुधार ल्याउने फगामीले घोषणा गर्नुभएको छ ।

फगामीले दुर्गम ग्रामिण क्षेत्रका बासिन्दालाई राहत पुग्ने गरी सडक निर्माण, स्तरवृद्धि, शिक्षाको गुणस्तर सुधार, घरघरमा खानेपानी र विद्युतीकरण विस्तार योजनालाई प्राथमिकता दिने बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दलसम्बद्ध १३ जनाले उम्मेदवारी दर्ता गराएपनि वाम र लोकतान्त्रीक गठबन्धन प्रमुख प्रतिस्र्धीको रुपमा रहेका छन् ।
मनोनयन दर्तासंगै राजनीतिक दल र उम्मेदवारहरु भोट माग्न चुनाव प्रचार अभियानलाई तिब्र बनाएका छन् । नेता, कार्यकर्ता र कलाकारको टोली सहित उम्मेदवारहरु चुनाव प्रचारका लागि गाउँ टोलमा पुगेका छन् । ग्रामिण क्षेत्रका बासिन्दा बाली भित्र्याउने र नयाँ बाली लगाउने काममा व्यस्त भएकाले दलहरुले चुनाव प्रचारको शैली बदलेका छन् ।

23032801_1694490137249376_5279309432430396495_nएमाले माओवादीको वाम र काँग्रेस राप्रपाको लोकतान्त्रीक गठबन्धनले ठूला सभा भन्दा पनि कार्यकर्ता परिचालनलाई जोड दिएका छन् । उनिहरुले जिल्ला, स्थानीय तह, वडा र बस्ती स्तरमा पुगेर चुनाव प्रचार गर्ने कार्यक्रम बनाएका छन् ।

एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले दुई वटा टोली बनाएर प्रचार अभियान सञ्चालन गरेका छन् । प्रतिनिधिसभाका उम्मेदवार भुपेन्द्र थापा र प्रदेशसभा क्षेत्र ख का उम्मेद्वार नरदेवी पुनको टोली वडा स्तरमा चुनावी सभा र घरदैलोमा व्यस्त छ ।
Niskotभेला, सभाको साथै कार्यकर्ता भेटघाट, प्रशिक्षण र घरदैलोलाई प्राथमिकता दिइएको माओवादी केन्द्रका नेता शेरबहादुर केसीले बताउनुभयो । मंगला गाउँपालिकाको बरंजादेखि सुरु गरेको वाम गठबन्धनले अर्मन, बाबियाचौर, कुहुँ, निस्कोट, रुम, ओखरबोट, देविस्थान, ताकम, मुना, लुलाङ हुँदै शनिबार मुदी पुगेको छ ।

प्रदेशसभा क्षेत्र (क) मा वाम गठबन्धनबाट माओवादीका उम्मेदवार बिनोद केसीको टोलीले अन्नपूर्ण गाउँपालिकाको शिख, घार, भुरुङ तातोपानी, दाना, नारच्याङ, दोवा, बेग, हिस्तान, राम्चे, झिँ, पाखापानी, चिमखोला, दग्नाम, पिप्ले, भगवतीमा दुवै पार्टीका अगुवा कार्यकर्ता भेला, बैठक, प्रशिक्षण सकेर शनिबारदेखि बेनी नगरपालिकामा भेटघाट अभियान सुरु गरेको छ ।

छ वटै स्थानीय तह, वडा र बस्ती तहमा संयुक्त चुनाव परिचालन समिति गठन गर्नुका साथै युवा, महिला, विद्यार्थी लगायत जनवर्गीय संगठन परिचालन गरेका छन् । “एमाले र माओवादीबीच चुनावी तालमेलसंगै पार्टी एकताको सहमती र वामगठबन्धनको भाव अनुसार सहकार्य गरेर परिचालन गरेका छौ” माओवादीका नेता शेरबहादुर केसीले भन्नुभयो “वाम एकता र तालमेलबाट नेता कार्यकर्ताहरु उत्साहीत भएर चुनावी तयारीमा जुटेका छन् ।”
binod kcवडा र बस्ती स्तरमा एमाले माओवादी कार्यकर्तालाई प्रशिक्षण, प्रचार समिति गठन, जनभेटघाट र घरदैलो अभियान सञ्चालन भएको छ । “तालमेल र पार्टी एकताको सन्देश कार्यकर्ता तहसम्म पु¥याई मतदाता शिक्षालाई प्राथमिकता दिएका छौ” एमालेका नेता सन्तोष रावलले बताउनुभयो ।

प्रदेशसभाको क्षेत्र ख मा प्रतिनिधिसभाका उम्मेदवार सहितको टोलीले आमसभा सकिएपछि कात्तिक २१ गते देखि क्षेत्र क मा दोस्रो चरणमा आमसभा र संयुक्त प्रचार अभियान सञ्चालन गरिने रावलले बताउनुभयो । वाम गठबन्धन र एमाले माओवादीबीचको पार्टी एकताको भावलाई कर्ताकर्ता तहसम्म पु¥याएर चुनाव प्रचारलाई प्रभावकारी बनाउन कार्यकर्ता परिचालन गरिएको रावलको भनाई छ ।

पहिलो चरणमा अन्नपूर्ण गाउँपालिकाका वडाहरुमा आमसभा गरेको नेपाली काँग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धनले दोस्रो चरणमा आमसभा भन्दा कार्यकर्ता भेटघाट, भेटघाट र घरदैलोलाई प्राथमिकता दिएको जनाएको छ । प्रतिनिधिसभामा काँग्रेसका उम्मेदवार खम्बिर गर्बुजा र प्रदेशसभा क्षेत्र (क)मा राप्रपाका उम्मेदवार भिमप्रसाद गौचनको टोलीले पहिलो चरणमा दाना, नारच्याङ, भुरुङ तातोपानी, शिख, घार, हिस्तान र राम्चेमा आमसभा गरेर फर्कीएपछि प्रचारको शैली फेरेका छन् ।

22855440_1514408031973808_691791998_nप्र्रदेशसभा क्षेत्र (ख)का उम्मेदवार अमलाल फगामीको टोलीले धौलागिरी, मालीका र मंगला गाउँपालिकामा मतदाता भेटघाटसंगै अन्य पार्टीका नेता कार्यकर्तालाई प्रवेश गराउन कसरत गरेका छन् । काँग्रेसले जिल्लाका ४५ वटै वडामा जिल्ला स्तरका नेतालाई निर्वाचन परिचालनका लागि जिम्मेवारी दिएर खटाएको छ ।

काँग्रेस र राप्रपाका कार्यकर्तालाई समेटेर वडा र मतदान केन्द्र स्तरमा संयुक्त चुनाव परिचालन समिति गठन गरी प्रचारप्रसारमा खटाउने रणनीति लिएको काँग्रेसका जिल्ला सदस्य माधवप्रसाद रेग्मीले बताउनुभयो ।

आमसभा भन्दा पनि कार्यकर्ता परिचालन र घरदैलो प्रभावकारी हुने उहाँको भनाई छ । दलको चुनावी सभा औपचारीकतामा सिमीत भएका छन् । सर्वसाधारणको व्यवस्तताका कारण उम्मेदवार र दलले प्रचार अभियान सञ्चालन गरेपनि माहौल सिर्जना हुन नसकेको बेनपा ४ का सुरेन्द्र भण्डारीले बताउनुभयो ।

22729182_1513499865397958_6301604188558613915_nखेतबारीको काम सकिएपछि कात्तिक अन्तिम सातादेखि चुनावी रौनक बढ्ने उहाँको भनाई छ । त्यसअघिको समयलाई उनिहरुले पूर्वतयारी र रणनीति बनाउन उपयोग गरेका छन् । गत बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जिल्लामा रहेका ४५ वटा वडाका अध्यक्षका उम्मेदवारहरुले पाएको मतलाई आधार बनाउँदा  म्याग्दीमा वाम गठबन्धन काँग्रेस राप्रपा भन्दा सात हजार मतले अगाडी छ ।

UML Maobadi Karyakarita Bhela (1)
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्यका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एक नगरपालिका, पाँच गाउँपालिका, ४५ वटा वडा, ७२ मतदान स्थल र १०२ मतदान केन्द्र रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन् ।