जनताको जिवनस्तरमा परिवर्तन र सुधार ल्याउन वाम गठबन्धनलाइ मत दिन आग्रह

विकल्प न्यूज/बेनी
म्याग्दी २१ कात्तिक ।
चुनावी तालमेल र पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रले म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा पहिलो चरणको चुनावी अमसभा सकेको छ । मंगला, मालीका र धौलागिरी गाउँपालीकाको सबैजसो वडा स्तरमा प्रतिनिधि र प्रदेशसभाका उमेद्वार सहितको टोलीले घरदैलो, कार्यकर्ता, भेटघाट र चुनावी सभा गरेको गठबन्धनले बुधबारदेखि क्षेत्र (क)को बेनपा ३ भकिम्लीदेखि दोस्रो चरणको चुनावी अभियान सुरु गर्ने जनाएको छ ।

Bam Gathabandhan Darbang (1)क्षेत्र (ख)का उमेद्वार नरदेवी पुन सहितको टोलीले दोस्रो चरणमा घरदैलो र भेटघाट अभियान सञ्चालन गर्ने गठबन्धनले जनाएको छ । मंगलबार दरवाङमा आयोजित आमसभालाई सम्बोधन गर्दै एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले जनताको जिवनस्तरमा परिवर्तन र सुधार ल्याउन बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।

बामपन्थी नेतृत्वका सरकारले आफ्नो गाउँ आफै बनाउ, युवा स्वरोजगार, लोडसेडीङ अन्त्य गर्ने, सामाजिक सुरक्षा भत्ता, राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्ने जस्ता जनपक्षिय काम गरेकाले आगामी चुनावमा बामपन्थीलाई दुई तिहाई मत दिन आग्रह गर्नुभयो ।
एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले काँग्रेसका कारण नेपालमा राजनितिक अस्थिरता रहेकाले विकासले गति लिन नसकेको बताउँदै देशलाई माथि उठाउन बामपन्थीलाई जिताउनुपर्ने बताउनुभयो ।

बेनी दरवाङ सडक कालोपत्रे, दरवाङ देखि अन्य ग्रामिण बस्ती जोड्ने सडकको स्तरवृद्धी, नदी नियन्त्रण, विद्युतीकरण विस्तार, ढल निकास, खानेपानी लगायतका योजना सञ्चालनका लागि पहल गर्ने थापाले बताउनुभयो ।

प्रदेशसभा क्षेत्र (ख)का एमालेका उमेद्वार नरदेवी पुन र निवर्तमान संसाद नवराज शर्माले आफूहरुले म्याग्दीको विकासका लागि सुरु गरेका कामलाई सफल बनाउनु प्रमुख एजेण्डा भएको बताउँदै दरवाङ देखि ढोरपाटन सडकले जोड्ने र धौलागिरी चक्रिय पदमार्गलाई व्यवस्थित गर्ने बताउनुभयो ।

माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य देवराज सुवेदीले संसदीय व्यवस्थाको अन्त्य गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरि नेपाललाई विकास र सम्बृद्धीको बाटोमा अघि बढाउन बाम गठबन्धन र एमाले माओवादीबीच पार्टी एकता हुन लागेको बताउनुभयो ।

एमालेका प्रदेशसभा क्षेत्र (ख) का निर्वाचन परिचालन कमिटिका संयोजक शंकर शेरचनको अध्यक्षता, वडा अध्यक्ष सन्तोष सुवेदीको सञ्चालन र माओवादी केन्द्रका नेता टेकबहादुर विश्वकर्माको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदी, माओवादी केन्द्रका खुमनाथ सुवेदी र वामपन्थी युवा नेता तथा बिमका वडा अध्यक्ष रेशम जुक्जालीले बाम तालमेल र एमाले माओवादीबीच पार्टी एकिकरणको सहमतीले जनतामा उत्साह, आशा छाएको बताउनुभयो ।