जिल्लाको विकास गरी जनताको अनुहारमा खुसि ल्याउछु ः उम्मेदवार गर्बुजा

विकल्प न्यूज/बेनी
कार्तिक २० गते ।

ncनेपाली काँग्रसले नेतृत्व गरेको लोकतान्त्रीक गठबन्धनले म्याग्दीमा चुनावी अभियानलाई गाउँगाउँ सम्म पु¥याएको छ । लोकतान्त्रीक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम वहादुर (खम्बिर) गर्बुजा सहितको टोली सोमवार मालिका गाउँपालिकाको वडा नं २ रुममा पुगेको छ । रुम भएको चुनावी कार्यक्रममा उम्मेदवार गर्बुजाले जिल्लाको विकास गरि जनताको अनुहारमा खुसि ल्याउन चुनावी मैदानमा उत्रिएको बताउनुभयो । nc1उहाँले विदेशी सुख सयललाई त्यागी म्याग्दीको विकासमा योगदान गर्न राजनीतिमा होमिएको बताउनुभयो । नेपाली काँग्रेस म्याग्दीको सभापति समेत रहनुभएका गर्बुजाले यसपटकको निर्वाचनमा मतदान गरि लोकतान्त्रीक गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभएको छ । आफूले निर्वाचन जितेमा इमान्दारीका साथ काम गर्ने प्रतिवद्धता समेत गर्बुजाले जनाउनुभएको छ ।  mata data debistanचुनावी कार्यक्रममा लोकतान्त्रिक गठवन्धन प्रदेश सभा २(ख)का उम्मेदवार क्या अमलाल फगामी, नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार विमला गौचन,नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्यहरु अजयमिलन श्रेष्ठ, मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका,रेकवहादुर पुन,चमु पुन लगाएतले लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गर्नुभएको थियो । नेपाली कांग्रेस रुमका गाउँ इकाइ सभापति भीमवहादुर पुनको अध्यक्षता, सपना रोकाको स्वागत र तारावहादुर रोकाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।