वाम गठबन्धनलाई जिताउन रत्नेचौरमा ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति

विकल्प न्यूज/बेनी
कार्तिक २० गते ।

bam myagdiबेनी नगरपालिका १ रत्नेचौरमा सोमबार एमाले माओवादी केन्द्रको वाम गठबन्धनको ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ ।

बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एमालेका उमेद्वार भुपेन्द्र थापाको गाउँ रत्नेचौरमा भएको एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुको भेलाले पदमबहादुर रावलको संयोजकत्वमा उक्त प्रचारप्रसार समिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा सेते किसान, सदस्यहरुमा सुनिता थापा, दुर्गा थापा, नरसिङ गिरी, कबिराज थापा, अमरबहादुर पुन, पृथु खत्री, बाबुराम बोगटी लगायत दुवै पार्टीको वडा कमिटिका पदाधीकारी, सदस्य, जनवर्गीय संगठनका अध्यक्ष, पदाधीकारी र सदस्यहरु रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पुर्व जिल्ला अध्यक्ष तथा केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य चन्द्रबहादुर घिमीरेले आगामी चुनाव प्रगतिगामी र पश्चगामी, जनपक्षिय र जनबिरोधी, गणगन्त्र, संघियतावादी र त्यसको बिरोधीहरुबीचको लडाई भएकाले जनताले अग्रगमनको पक्षधर बाम गठबन्धनका उमेद्वार लाई जिताउनुपर्ने बताउनुभयो ।
एमाले म्याग्दीका सचिवालय सदस्य तथा युवा संघ नेपालका बिदेश बिभाग प्रमुख सन्तोष रावलले बाम तालमेल र एमाले माओवादीबीच पार्टी एकताको सहमती नेपालमा स्थिर सरकार, आर्थिक सम्बृद्धी, बलिया राष्ट्रियता निर्माण गर्न जनताको चाहना र भावना अनुसार भएको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष टेकबहादुर रावल र माओवादी केन्द्रका सेते किसानले बाम गठबन्धनसंगै पार्टी एकिकरणको सहमतीले बामपन्थीको पक्षमा जनलहर सिर्जना भएकाले जित सुनिश्चित रहेको बताउनुभएको थियो ।