दोवा र भुरुङको सिमा बिवाद समाधान

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी २० कात्तिक ।

dovaम्याग्दीको अन्नपूर्ण गाउँपालीकाका दुई वटा वडाका बासिन्दाहरुबीचको वनको सिमा बिवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालीका १ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाहरुबीच दुवै वडाको सिमा क्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका बिषयमा बिवाद रहदै आएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जिल्ला वन कार्यालयकाका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाको सहजिकरणमा दुई वटै वडाका जनप्रतिनिधि तथा बासिन्दाहरुको शनिबार ठूलोबगरमा भएको भेलाले बिवादलाई सहमतीमा टुङ्ग्याएको हो ।

वि.स २०४६४७ मा गाविस बिभाजन हुँदा दोवाका बासिन्दाले उपभोग गर्दै आएको वन क्षेत्र प्राबिधिक त्रुटीका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर दुवै गाउँका बासिन्दाबिच तिब्र बिवाद रहेको थियो ।
Ban Ko Bibad 2 (1)नक्सामा जे भएपनी भोगचलन गर्दै आएको सिमाना अनुसार नयाँ नक्सा तयार पार्न प्रक्रिया अघि बढाउने र सिमा क्षेत्रको जंगल दुवै गाउँका उपभोक्ताले आफूलाई जहाँ पायक पर्छ त्यही उपभोग गर्ने सहमती भएको सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले जानकारी दिनुभयो ।
भेलामा दोवा र भुरुङ तातोपानीका वडा अध्यक्ष दिलीप गर्बुजा, ओमप्रकाश फगामी, गाउँपालीकाका कार्यकारी अधिकृत अच्युत दाहाल, वडा सदस्य, सामुदायीक वन उपभोक्ता समूहका पदाधीकारी र स्थानीयबासीबीच सिमा बिवाद समाधानको उपायका विषयमा छलफल भएको थियो ।